सीता शर्मा, काठमाडौं, २४ फागुन । अवसर पाए महिलाले आफ्नो जिम्मेवारीलाई सफल रुपमा निर्वाह गर्न सक्ने स्थानीय तहको नेतुत्व गरेका महिलाहरुले बताएका छन् । कानुन र अधिकारमा रहेर काम गरे जुनसुकै पदमा पनि महिलाले नेतुत्व गर्न सक्ने उनीहरुको अनुभव छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोराले आफुले गाउँपालिकाको जिम्मेवारी सहज रुपमा पुरा गरीरहेको बताउनुभयो । निर्वाचनका बेला उपाध्यक्ष पदको लागि प्रस्ताव आएपनि आफुले अडान लिएर अध्यक्ष पदको लागि उम्मेदवारी दिएको बताउदै उहाँले महिलाले आफ्ना लागि अडान लिन सक्नुपर्ने सुझाव दिनुभयो ।
झापाको कमल गाउँपालिकाको अध्यक्ष मेनुका काफ्लेले गाउँपालिकाको अध्यक्षको उम्मेदवारी दिदा महिलाले काम गर्न सक्दैनन् भनेर कतिपयले विश्वासै गरेनन । तर आफुमा आएका चुनौतीहरुलाई पन्छाएर काम गदै जादा अहिले तिनै व्यक्तिहरुले आफ्नो कामको प्रसंशा गर्ने गरेको उहाँले बताउनुभयो । महिलाको नेतुत्व सफल हुन्छ भनेर स्थापीत गर्ने गरी काम गरेको उहाँको भनाइ छ ।
बर्दघाट सुस्ता पूर्वको हुप्सिकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मि पाण्डेको भने फरक अनुभव छ । उहाँले नेतृत्वमा रहँदा भागेका धेरै घटनाक्रमले महिलालाई कमजोर ठान्ने मानसिकता अझै परिवर्तन हुन सकेको छैन । राम्रै काम गरेपनि महिलाको नेतुत्व असफल हुन्छ भनेर देखाउन खोज्ने मानसिकता रहेको पाण्डेको भोगाई छ ।
संविधानले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सहभागीता सुनिश्चित गरेको छ । ३५ हजार २ सय १६ स्थानीय तहका जनप्रतिनिधिमध्ये १४ हजार ३ सय ५२ महिलाको संख्या छ । देशभरका अधिकांश स्थानीय तहमा महिलाले उपप्रमुखको जिम्मेवारी पाएका छन् । तर १८ स्थानीय तहको नेतुत्वमा गर्ने अवसर पाएका महिलाहरुले सफल रुपमा आफुले जिम्मेवारी पुरा गरेपनि राजनीति नेतृत्वमा महिला चुनौतीपूर्ण र बाध्यताका पाइला नै रहेको बाध्यता सुनाएका छन् ।