Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको कालिकामा फेसबुकमार्फत १३ वर्षीया बालिकासँग प्रेम, बलात्कारपछि जेल

चितवनको कालिकामा फेसबुकमार्फत १३ वर्षीया बालिकासँग प्रेम, बलात्कारपछि जेल

इच्छाकामना न्युज

२५, मंसिर २०८२
चितवनको कालिकामा फेसबुकमार्फत १३ वर्षीया बालिकासँग प्रेम, बलात्कारपछि जेल
images

कुलप्रसाद काफ्ले
भरतपुर । फेसबुकमार्फत प्रेम सम्बन्ध कायम गरेर बालिकालाई बलात्कार गर्ने एक युवक जेल पुगेका छन् । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको अभियोगमा चितवन जिल्ला अदालतले २२ वर्षीय पुरुषलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला न्यायाधीशस यदुराज शर्माको इजलासले प्रतिवादी विराज गुरुङलाई बुधबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

images
images

चितवनको खैरहनी नगरपालिका घर भई कालिका नगरपालिकास्थित मामाघरमा बस्दै आएका गुरुङले १२ वर्ष १० महिना १३ दिनकी बालिकालाई ललाईफकाई गरी प्रेमजालमा पारेर बलात्कार गरेको आरोप छ । मामाघरमा बसेर ट्याक्टर चलाउने काम गर्दै आएका गुरुङ र पीडित बालिका करिब छ महिना अगाडि फेसकुमा साथी बनेका थिए । फेसबुकमा साथी बनेर म्यासेन्जरमार्फत कुराकानी गर्न थालेका उनीहरुबीच माया बसेको थियो ।

बालिकाकी आमाले पटकपटक फोन गरेपछि उनीहरु सोही दिन फर्किएका थिए । रामपुरबाट फर्किएकी बालिकाले आफूलाई युवकले बलात्कार गरेको बताएपछि बालिकाकी आमाले गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीले प्रतिवादी गुरुङलाई काात्तिक २९ गते जुटपानीबाट पक्राउ गरेको थियो ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगबाट बालबालिकाहरुमाथि अपराध हुने क्रम बढ्दो छ । धेरैजसो बालबालिकाहरु सामाजिक सञ्जालमार्फत विभिन्न अपराधको सिकार भएका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भएको अवधिमा सरकारी वकिलको कार्यालयले जबरजस्ती करणीका दुई वटा मुद्दा अदालतमा दर्ता गरेको छ । यसअघि मङ्सिर १६ गते बालकले बालिकालाई जबरजस्ती करणी गरेको मुद्दा अदातलमा दर्ता भएको थियो ।
चितवनमा एकै महिनामा तीनदेखि चार वटासम्म बलात्कारका मुद्दा अदालतमा पुग्ने गर्छन् । यसपालिको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा नै ‘प्रविधिको सही प्रयोग गरौँ ः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने रहेको छ । यो अभियान बुधबारदेखि सकिएको छ ।

images
प्रकाशित मिति :मंसिर २५, २०८२ बिहिवार - १०:०७:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology