Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

काठमाण्डौंमा जीप चलाउदा चलाउदै चालक बेहोस भएपछि….

काठमाण्डौंमा जीप चलाउदा चलाउदै चालक बेहोस भएपछि….

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७७
काठमाण्डौंमा जीप चलाउदा चलाउदै चालक बेहोस भएपछि….
images

काठमाण्डौ २४, फागुन । काठमाण्डौमा आइतबार राती अनौठो घटना भएको छ । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा जीप चलाइरहेका बेला ड्राइभर बेहोस भएपछि दुर्घटना भएको छ।

प्रहरीका अनुसार बा १८ च ५८७१ नम्बरको स्कर्पियोले राति १० बजेतिर रोकिराखिएका दुई ट्याक्सीलाई ठक्कर दिएको छ। ठक्करपछि उक्त जिप बिजुलीको पोलमा ठोक्किएको छ। सडक खाली भएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीको भनाई छ।

बेहोस रहेका चालकको सिभिल अस्पतालमा उपचार भइरहेको छ। पाल्पाबाट काठमाण्डौ आएको उक्त जीपमा दुई जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - ०८:४३:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology