Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

वैदेशिक रोजगारीबाट फर्किएका खत्रीको सुन्तलाबाट दस लाख आम्दानी

वैदेशिक रोजगारीबाट फर्किएका खत्रीको सुन्तलाबाट दस लाख आम्दानी

इच्छाकामना न्युज

२४, मंसिर २०८२
वैदेशिक रोजगारीबाट फर्किएका खत्रीको सुन्तलाबाट दस लाख आम्दानी
images

ठाकुरप्रसाद आचार्य, म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका टेकबहादुर खत्रीलाई यतिखेर सुन्तला टिप्न र बिक्री गर्न भ्याइनभ्याई छ । घर नजिकै रहेको सुन्तला बगैँचामा लटरम्म सुन्तला पाकेका छन् । सुन्तला खरिद गरेर लैजान सुन्तला बगैंचामा व्यापारी आएका छन् ।

images
images

तीन वर्ष मलेशिया र ६ वर्ष लेवनान गरेर नौ वर्ष वैदेशिक रोजगारीमा बिताउनुभएका खत्री गाउँ फर्किएर विगत एकदशक यता व्यवसायिक सुन्तला खेती गर्दै आउनुभएको छ । धान, मकै र कोदो लगाउने खेतबारीमा उहाँले सुन्तला खेती विस्तार गर्नुभयो । लगनशिल र परिश्रमीको पहिचान बनाउनुभएका ५२ वर्षीय खत्री गाउँको नमूना कृषक समेत हुनुहुन्छ ।

गाउँका छरछिमेकले खेतबारीमा सुन्तलाका विरुवा रोप्न थालेपछि मैले श्रीमानलाई फर्किन भने मेककुमारी खत्रीले भन्नुभयो, ‘‘सुन्तलाबाट राम्रो आम्दानी लिन सकिने भन्दै गाउँका छरछिमेकीले धमाधम सुन्तलाका विरुवाहरु रोप्न थाले । मैले पनि आफ्नो श्रीमानलाई विदेशबाट बोलाएर कोदो, मकै र धान हुने खेतमा नगदे बालीका रुपमा रहेको सुन्तला खेती विस्तार गरे ।’’ दुबैजना मिलेर सुन्तला खेती विस्तार गरेपछि नियमित आम्दानीको स्रोत बनेको उहाँको भनाइ छ ।

सुन्तला लगाएको चार वर्षपछि फल दिन थालेसँगै आन्दानी हुनथालेपछि श्रीमानले विदेश भुलेको उहाँको भनाइ थियो । उहाँले गत वर्ष नौ लाख रुपियाँको सुन्तला बिक्री गर्नुभएको थियो । यसपाली गत वर्षभन्दा राम्रो फलेका कारण १० लाख रुपियाँ आम्दानी हुने उहाँले बताउनुभयो ।  

खत्रीले भन्नुभयो, ‘‘विदेश भन्दा आफ्नै माटोमा परिश्रम गर्दा आनन्द मिलेको छ । विदेशमा काम गर्दा अरुको आदेश मान्नुपर्ने, सम्मान नपाइने र परिवारसँग पनि टाढा हुनुपर्ने त्यसैले विदेशबाट फर्किएर सुन्तला खेती थालेको हुँ । अहिले यहीँ सुन्तला खेतीमा परिवार नै रमाएका छौं ।’’

सुन्तला बिक्री गरेर राम्रोसँग घरपरिवारको खर्च चल्नुका साथै छोराछोरीलाई पढाउन कसैसँग पैसा ऋण माग्न नपरेको मेककुमारीले बताउनुभयो । नौ वर्ष अघि पाँच रोपनी क्षेत्रफलमा उहाँले एकसय ८५ बोट सुन्तलाका विरुवा लगाउनुभएको थियो । सुन्तला खरिद गर्न व्यापारीहरु असोज महिनामा आएर अग्रिम पेश्की दिएर गएको र अहिले टिपेर लैजान आएको खत्रीले बताउनुभयो । 

images
प्रकाशित मिति :मंसिर २४, २०८२ बुधवार - ०९:४९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology