Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमु धिं नेपालले पुस १४, १५ र १६ गते पोखराको पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव गर्ने

तमु धिं नेपालले पुस १४, १५ र १६ गते पोखराको पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव गर्ने

इच्छाकामना न्युज

२२, मंसिर २०८२
तमु धिं नेपालले पुस १४, १५ र १६ गते पोखराको पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव गर्ने
images

पोखरा । तमु धिं नेपालले राष्ट्रिय पर्व तमु ल्होछार त ल्हो (घोडा वर्ग) आगमनको अवसरमा पहिलो पटक पोखराको पुरानो टुँडिखेलमा यस वर्षबाट ल्होछारलाई महोत्सवको रुपमा मनाउने जानकारी गराएको छ ।

images
images

यसवर्ष सप्री ल्हो ९सर्प वर्ग०को बिदाई र त ल्हो (घोडा वर्ग)को आगमन हुँदैछ । तमुहरुले पुस १५ गते ल्होछारलाई धुमधामकासाथ गाउँघरमा मनाउने चलनलाई निरन्तरता दिदैं आएका छन् ।

तमु समुदायको राजधानी पोखरामा यसवर्ष देखि पुस १४, १५ र १६ गते विभिन्न कार्यक्रमका साथ टुँडिखेलमा महोत्सवको रुपमा मनाउन लागेको तमु धिं नेपालका अध्यक्ष हुम बहादुर तमुले पत्रकार सम्मेलनमा जानकारी दिए ।

ल्होछार महोत्सवमा परम्परागत मौलिक सांस्कृतिक कार्यक्रम हुनेछन् । खेलकुदका कार्यक्रमहरु पनि समावेस गरिएको उनले बताए । गुरुङका अनुसार महोत्सवका कार्यक्रमहरुले राष्ट्रियता सुधार, सद्भाव, र एकतालाई बलियो बनाउने, पर्यटनको प्रवर्धन हुने र व्यावसायीक क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महोत्सवका आकर्षणहरुमा भलिबल प्रतियोगिता, खुल्ला छेलो प्रतियोगिता र मौलिक सांस्कृतिक प्रस्तुति रहेका छन् । यस्तै झाँकि प्रतियोगिता, गुरुङ भेषभुषा प्रतियोगिता, सामुहिक खुल्ला लोकनृत्य प्रतियोगिता हुने भएका छन्।

झाँकि प्रतियोगितामा प्रथम हुनेले रुपैयाँ ६० हजार, भेषभुषामा प्रथम हुनेले रुपैयाँ ५ हजार, लोक नृत्यमा प्रथम हुनेले रुपैयाँ ७५ हजार, छेलोमा प्रथम हुनेले रुपैयाँ ४० हजार र भलिवलमा प्रथम हुने टीमले रुपैयाँ १ लाख ५० हजार, दोश्रोले ८० हजार, दुईटिमले जनही पच्चिस हजारसहित पुरस्कार पाउनेछन् ।

महोत्सवको पहिलो दिन पुस १४ गते बिहान साढे ११ बजे नदीपुर प्रहरीचौकी अगाडीबाट र्याली आयोजना गरिने भएको छ । महोत्सवलाई सम्पन्न गर्न अध्यक्ष हुम बहादुर तमुको संयोजकत्वमा २०१ सदस्यीय तमु ल्होछार महोत्सव मूल आयोजक कमिटि र २६ वटा उपसमिति बनाएर तयारीका कामहरु भईरहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

उनका अनुसार महोत्सव सम्पन्न गर्नका लागि ३७ लाख १० हजार रुपैयाँ खर्च हुुने र ४१ लाख ५० हजार रुपैयाँ संकलन हुने आकलन गरिएको छ । महोत्सवको ३० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

पत्रकार सम्मेलनमा भलिवल संयोजक अमृत गुरुङले प्रतियोगिताबारे जानकारी गराएका थिए भने कार्यक्रम महासचिव जुनाकुमारी गुरुङले संचालन गरेका थिए।

images
प्रकाशित मिति :मंसिर २२, २०८२ सोमवार - १७:१८:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology