Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चिसोमा पनि मुक्तिनाथ मन्दिरमा भक्तजनको भिड

चिसोमा पनि मुक्तिनाथ मन्दिरमा भक्तजनको भिड

इच्छाकामना न्युज

२१, मंसिर २०८२
चिसोमा पनि मुक्तिनाथ मन्दिरमा भक्तजनको भिड
images

हरिकृष्ण शर्मा, मुक्तिनाथ (मुस्ताङ)।अत्याधिक चिसो बढेसँगै मुस्ताङको जनजिवन प्रभावित बन्दै गएको छ । 

images
images

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बिहान र बेलुकीको समयमा न्यूनतम तापक्रम माइनस डिग्री सेल्सियससम्म झर्ने गरेको छ । 

चिसो दिनप्रति दिन बढ्दै जान थालेपनि मङ्सिरको तेस्रो सातामा पनि धार्मिक पर्यटकको चहलपहल उस्तै छ । 

हिन्दु तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको मुक्तिनाथ मन्दिरमा मुक्तिनाथ मन्दिरमा दैनिक दुई हजारभन्दा बढी भक्तजनले दर्शन गर्ने गरेका छन् ।

 चिसो बढेपछि सुनसान जस्तै हुने मुस्ताङमा सडक तथा हवाई मार्गबाट प्रवेश गर्ने अधिकांश मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको सञ्चार शाखाको तथ्याङ्कले देखाउँछ। 

मङ्सिर १ गते १३ सय ९० जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किएकोमा यो संखया बढेर मङ्सिर २० गते शनिबार २६ सय जनाले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किएको प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो ।  

प्रहरी निरीक्षक बस्यालले भन्नुभयो, “समुहमा मुस्ताङ प्रवेश गर्ने धेरै हुनुहुन्छ, शैक्षिक, समुहगत भ्रमण धेरै देखिन्छ ।’’

देशका विभिन्न जिल्लाबाट शैक्षिक, सहकारी तथा अन्य सङ्घसंस्थाबाट प्रवेश गर्ने अधिकांश मुक्तिनाथ मन्दिरमा पुगेर फर्किने गर्दछन् । 

तल्लो मुस्ताङमा जाडो बढेपनि दिउँसो यात्रा गर्न सहज छ । मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष एवम् वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडा अध्यक्ष प्रमेश गुरुङले मन्दिरको दर्शन गर्ने क्रममा लेक लाग्ने समस्याबाट ग्रसित भएकाहरूको उपचारका लागि ‘हाई अल्टिच्युड’ उपचार केन्द्रमा स्वास्थ्यकर्मी, स्वयंसेवक सहित सुरक्षाकर्मीको समेत उपस्थिति  रहेको बताउनुभयो । 

मन्दिरको प्रवेशद्वार रानीपौवादेखि नै भक्तजनलाई सहज हुने गरी व्यवस्था मिलाइएको छ । मन्दिरभित्र लेक लागेमा तत्काल स्वास्थ्यकर्मीबाट उपचारको ब्यवस्था मिलाइएकाले समेत पछिल्लो समय लेक लागेर मन्दिर क्षेत्रमा सिकिस्त बिरामी वा ज्यानै गुमाउने अवस्था नरहेको कोषाध्यक्ष गुरूङको भनाइ छ । 

मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ। पछिल्लो समय मन्दिरमा भौतिक पूर्वाधारसहित भक्तजनको दर्शनमा सहज भएको छ । 

संसारको जुनकुनै स्थानमा भए पनि एक पटक मुक्तिनाथको दर्शन र त्यहाँका १०८ धारा र जलकुण्डमा नुहाउँदा मोक्ष प्राप्ति हुने विश्वास छ ।

 हिन्दु धर्मग्रन्थ अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेको इतिहास छ भने बौद्धमार्गी अनुसार तिब्वतबाट बौद्धमार्गि पण्डित कैलाश पर्वत दर्शन गर्न गएको र कैलाशको जल लिएर मुक्तिनाथमा सञ्चय गरी १०८ धारा बनाइएको उल्लेख छ । 

मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि बजार क्षेत्रमा सडक बत्ती तथा सिसी क्यामेरा जडान गरिएकाले समेत सामान हराउने र चोरी हुने सम्भावनालाई मध्यनजर गरी निगरानी गरिन्छ ।

समुन्द्रि सतहदेखि तीन हजार ६१० मिटरको उचाइँमा अवस्थित मुक्तिनाथ मन्दिर  मुक्ति क्षेत्रको नामले चिनिन्छ । मुक्तिनाथ मन्दिरमा नेपाली तथा विदेशी तिर्थालु र तेस्रो मुलुकबाट आउने पर्यटक गरी वार्षिक करिब आठ लाखको आगमन हुने अनुमान छ । 

मुक्तिनाथ मन्दिरमा दिवङ्गत पितृको नाममा कागबेनीमा श्राद्ध, तर्पण र पिण्डदान गरी शुद्ध भएपछि प्रवेश गर्ने समेत गरिन्छ ।मुक्तिनाथ मन्दिरमा आउने भक्तजनलाई सहज हुने गरी बर्षेनी भौतिक पूर्वाधार सहितका सुविधा समेत थपिएको छ ।

images
प्रकाशित मिति :मंसिर २१, २०८२ आइतवार - १०:४०:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology