Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुस्ताङमा जाडोमा पनि पर्यटकको चहलपहल

मुस्ताङमा जाडोमा पनि पर्यटकको चहलपहल

इच्छाकामना न्युज

२०, मंसिर २०८२
मुस्ताङमा जाडोमा पनि पर्यटकको चहलपहल
images

मुक्तिनाथ (मुस्ताङ) । कठ्याङ्ग्रिँदो जाडो, पानी जमेर बरफ, पदमार्ग आसपासमा हिउँले छपक्कै छोपेको अन्नपूर्ण चव्रmीय पदमार्ग अन्तर्गत थोराङ्ला पासमा विदेशी पर्यटकको चहलपहल छ । गण्डकी प्रदेशको पाँच जिल्ला समेटिएको पदमार्गको समुद्री सतहदेखि पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोराङ्लामा मध्यमङ्सिरमा पनि विदेशी पर्यटक आवतजावत नियमित छ । यो अन्नपूर्ण चव्रmीयकै सबैभन्दा  उच्च स्थानमा रहेको छ । 

images
images

जिल्ला प्रहरी कार्यालय म्याग्दीको सञ्चार शाखाको तथ्याङ्क अनुसार मङ्सिर महिनाको १ गते २०१ जना मनाङबाट थोराङ्ला पास हुँदै मुस्ताङ प्रवेश गरेकामा  मङ्सिर १८ गते ९८ जना प्रवेश गरेका छन् । यो १८ दिनको अवधिमा न्यूनतम ५५ जना दैनिक जसो पदमार्गबाट मुस्ताङ आउने गरेको प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो । सूचना अधिकारी बस्यालले भन्नुभयो, 

“थोराङ्लाबाट आउने पर्यटकको चाप कम भए पनि जाडोयाममा पनि नियमित छ ।” अन्नपूर्ण चव्रmीय पदमार्गको प्रवेशविन्दु लमजुङको बेँसीसहरबाट २१ दिनको थोराङ्ला पासको यात्रा सडक सञ्जालका कारण अहिले एक सातामै पार गरिन्छ । थोराङ्लामा मनाङ जिल्लाका याकखर्क, लेदर, थोरङ फेदी र हाइक्याम्प हुँदै आउने गरिन्छ । मनाङको चामेदेखि पाँच दिनको यात्रा गरेर थोराङ्ला हुँदै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथ क्षेत्रमा आएपछि महìवपूर्ण यात्रा टुङ्गिन्छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष कृष्ण आचार्यले  तिलिचो यात्रा हुँदै थोराङ्ला पास गरेर मुक्तिनाथ आउने सबैभन्दा साहसिक मानिन्छ । 

टान अध्यक्ष आचार्य भन्नुहुन्छ, “सडकले पुरानो पदमार्ग मास्दा विदेशी पर्यटकको यात्रा छोटिएको छ, थोराङ्लाको यात्रा लम्ब्याउन अब सडक सञ्जाल खुम्च्याउनु पर्छ ।” याकखर्क, थोराङ्ला फेदी, थोराङ्ला हाइक्यापसम्मको पदयात्रालाई विदेशी पर्यटकले निकै आकर्षक मान्ने भएकाले यस क्षेत्रमा पर्यटकलाई सुविधा थप्न आवश्यक रहेको पर्यटन व्यवसायीको भनाइ छ । 

मुस्ताङमा छिमेकी म्याग्दी जिल्लामा रहेको धवलागिरि हिमाल हुँदै घरपझोङ गाउँपालिका–२, मार्फा जोड्ने राउन्ड धवलागिरि र उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–४, यारा हुँदै मनाङ जोड्ने चिनको तिब्बती सीमानजिकै पर्ने सरिबुङ पास विदेशी पर्यटकको रोजाइँमा रहेको छ । जाडो समयमा राउन्ड धवलागिरि र सरिबुङ पासमा पाँच फिटसम्म हिउँ जमेको अवस्थामा पदयात्रा सम्भव नभए पनि थोराङ्ला पासमा हिउँ पन्छाउँदै पर्यटक यात्रामा रमाउने गरेका हुन्छन् । 

मुस्ताङलाई जोड्ने तीन वटै पदमार्गमध्ये थोराङ्ला पास सबैभन्दा धेरै चहलपहल हुने मुस्ताङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु लालचनले बताउनुभयो । अध्यक्ष लालचनले भन्नुभयो, “पदमार्ग जोगाउन आवश्यक छ, अहिले मुस्ताङ आउने विदेशी पर्यटक लामो समयसम्म पदमार्गमा बिताउन चाहन्छन् ।” 

सन् १९७० मा पदयात्राका लागि खुला गरिएको थोराङ्लामा पछिल्लो समय विदेशीसँगै नेपाली पर्यटकको समेत रोजाइँमा परेको छ । वैशाख, जेठ, असोज र कात्तिक महिनामा नेपाली पर्यटक पुग्ने गर्दछन् भने विदेशी पर्यटक सिजनबाहेक पनि यात्रा गर्ने गरेको पाइन्छ ।  

थोराङ्ला पास गरेर मनाङ हुँदै मुस्ताङमा बर्सेनि १३ हजारभन्दा बढी पर्यटक आउने गरेका छन् । मुस्ताङमा चिसो ह्वात्तै बढे पनि मङ्सिर महिनाको १८ गते ३३९ सवारीसाधनबाट सडक सञ्जाल हुँदै दुई हजार ५०४ जना, हवाईमार्गबाट पाँच जना रहेका छन् । मुक्तिनाथ मन्दिरको दर्शन दुई हजार पाँच सय जनाले गरेका छन् । 

images
प्रकाशित मिति :मंसिर २०, २०८२ शनिवार - १०:१५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology