Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

केरुङ नाकामा सामान अझै अलपत्र अर्बौं राजस्व प्रभावित

केरुङ नाकामा सामान अझै अलपत्र अर्बौं राजस्व प्रभावित

images

इच्छाकामना न्युज

१५, मंसिर २०८२
केरुङ नाकामा सामान अझै अलपत्र अर्बौं राजस्व प्रभावित
images

काठमाडौँ । पाँच महिनादेखि रसुवाको केरुङ नाकामा चाडपर्वलाई ल्याइएका सामान अझै अलपत्र अवस्थामा छन् । गत २४ असारमा आएको बाढीपहिरोले पुल भत्किएर नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै रोकिएका हुुन् ।  

राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले चाडपर्वलक्षित पाँचदेखि छ सय कन्टेनर सामान अझै केरुङ नाकामै थन्किएको जानकारी दिनुभयो । “तिज, दसैँ र तिहारका लागि साउनमा चीनबाट आयात गरिएको सामान केरुङ नाकामै अलपत्र छन् । सिजनेबल सामान रोकिँदा व्यवसायीलाई ठुलो समस्यामा परेको छ,” उहाँले भन्नुभयो । अहिले जाडो सुरु भइसकेकाले सिजनका सामान समयमा आउन नसक्दा व्यवसायीले नोक्सान बेहोर्नु परेको उहाँको भनाइ छ । व्यवसायीले महँगो ढुवानी भाडा तिरेर मुस्ताङको कोरला नाका र सिन्धुपाल्चोकको तातोपानी नाकाबाट ल्याए पनि धेरै सामान अझै केरुङ नाकामा रोकिएको उहाँको भनाइ छ । नेपालको कुल व्यापारमा १३ प्रतिशत व्यापार चीनसँग रहेको छ । सबैभन्दा धेरै चीनमा रसुवा नाकाबाट निर्यात हुने गरेको छ । पाँच महिनादेखि नाका बन्द हुँदा आयातनिर्यात ठप्प रहेको छ । 

सिन्धुपाल्चोकको तातोपानी नाका अहिले सामान्य मात्रै सञ्चालनमा छ । वर्षाका कारण अरनिको राजमार्ग बन्द हुँदा रोकिएको उक्त नाका तिहारपछि मात्र सञ्चालनमा आएको हो । केरुङ र तातोपानी नाका राम्रोसँग सञ्चालन नहुँदा केही व्यवसायीले महँगो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयात गर्नु परेको श्रेष्ठको भनाइ छ । 

गत २४ असारमा आएको बाढीका कारणले गर्दा रसुवाको मितेरी पुल बगाउँदा आयातनिर्यात ठप्प हुँदा पाँच महिनामा १८ अर्ब रुपियाँ बराबरको राजस्व गुमेको रसुवा भन्सार कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले विगत पाँच महिनादेखि नाका बन्द भई आयातनिर्यात ठप्प हुँदा राजस्व सङ्कलनसमेत बन्द रहेको उहाँले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८२/८३ मा रसुवा नाकाबाट ४० अर्ब १६ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य राखिएको थियो । असार अन्तिम सातादेखि आयातनिर्यात बन्द हुँदा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकिएको प्रमुख भट्टराईले बताउनुभयो । हाल सो नाकामा पुल निर्माणको काम भइरहेको छ । 

मितेरी पुल निर्माण नभएसम्म आयातनिर्यात नियमित हुन नसक्ने उहाँको भनाइ छ । चिनियाँ पक्षले नाकामा बेलिब्रिज निर्माण गरिरहेकाले आगामी डिसेम्बर पहिलो सातासम्म  प्राविधिक परीक्षण गरिने अनौपचारिक जानकारी गराएको उहाँले बताउनुभयो । बेलिब्रिजको निर्माण सम्पन्न भई सञ्चालनमा आए आयातनिर्यात सुरु हुने उहाँले जानकारी दिनुभयो । बेलिब्रिजको क्षमता ४९ मेट्रिक टन रहेकाले सोही अनुसार सामान ल्याउन सकिने उहाँको भनाइ छ । 

गत आव २०८१/८२ मा रसुवा नाकाबाट ८८ अर्बको आयात र तीन अर्ब रुपियाँ बराबरको निर्यात भएको कार्यालयले जनाएको छ । 

चीनबाट नेपालमा लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक्स, फलफूल,  विद्युतीय सवारीसाधन, पार्टपुर्जा, लत्ताकपडालगायतका सामान आयात हुँदै आएको छ । यस्तै तयारी कपडा, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाका जुत्ता, मोटरको ब्याट्री, युपिएस, प्लास्टिकलगायतका सामग्री आयात हुन्छन् ।  

नेपालबाट निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधी, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा र कफी राखिएको छ । यस्तै तरकारी तथा तरकारीको बिउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, उनीका उत्पादन, फल, हस्तकला, मुसुरो, जुटका झोला, छुर्पी निर्यात हुने वस्तु हुन् । 

images
प्रकाशित मिति :मंसिर १५, २०८२ सोमवार - १३:२३:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology