Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

धादिङको नौबिसेमा अवैध लागुऔषध गाजा सहित २ जना पक्राउ

धादिङको नौबिसेमा अवैध लागुऔषध गाजा सहित २ जना पक्राउ

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७७
धादिङको नौबिसेमा अवैध लागुऔषध गाजा सहित २ जना पक्राउ
images

धादिङ, २३ फागुन । धुनिवेशी नगरपालिका-७ नौविसेमा लागूऔषध गाँजा सहित २ जना पक्राउ परेका छन् । करिब १ सय २१ केजी अवैध लागूऔषध गाँजाको धुलो सहित सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-७ बस्ने ३३ वर्षीय सुमन तामाङ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानीखोला र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले पालुङबाट नौविसेतर्फ आउँदै गरेको ना।४ च ६१३६ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा बोलेरो चालक सुमन तामाङ सहित अन्य २ जनालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - २१:२८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology