Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदै 

लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदै 

images

सिआईएन

२३, फाल्गुण २०७७
लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदै 
images

काभ्रे, २३ फागुन । लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आजबाट सुरु हुँदै छ । केन्द्रीय लोक सेवा आयोगको आयोजनमा काभ्रेको धुलिखेलस्थित एक होटलमा आयोजित सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच–पाँच जनाको प्रतिनिधित्व छ ।

गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ । राष्ट्रिय सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागीता रहने छ ।

सम्मेलनमा केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने केन्द्रीय लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो । सम्मेलनको उपलब्धी भोलि धुलिखेलमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ०९:०३:३२ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology