Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

गोरखाको अजिरकोटमा फल्न थाले स्याउ

गोरखाको अजिरकोटमा फल्न थाले स्याउ

इच्छाकामना न्युज

९, मंसिर २०८२
गोरखाको अजिरकोटमा फल्न थाले स्याउ

सुलीकोट  । गोरखाको अजिरकोट गाउँपालिका–२, मूलखर्कमा गाला र फुजी जातका स्याउ फल्न थालेका छन् ।  दुई वर्षअघि अजिरकोट गाउँपालिकाले परीक्षणका लागि इच्छुक किसानलाई निःशुल्क रूपमा उपलब्ध गराएको स्याउका बिरुवा अहिले राम्रोसँग हुर्कंदै फल्न थालेपछि किसान उत्साही छन् । 

images

अनुदानमा दिएका स्याउका बिरुवा परीक्षणका लागि स्थानीय सञ्जीव लामाले आफ्नो १५ रोपनी क्षेत्रफलमा लगाउनुभएको थियो । यस वर्ष पाँच क्विन्टल स्याउ उत्पादन गरी ३५० रुपियाँ केजीमा बिक्रीवितरण भएपछि गाउँका अन्य किसान पनि यस खेतीतर्फ आकर्षित भई स्याउ रोपेका छन् । 

स्याउ उत्पादक लामा पहिले स्याउ फल्ने कल्पना नै नभएको ठाउँमा अहिले बाहिरबाट स्याउ ल्याउनुपर्ने बाध्यता हटेको बताउनुहुन्छ । “अहिले स्थानीय तथा सहरका मानिस आएर बोटमै टिपेर सहर बजारमा स्याउ लैजाँदा आफैँलाई अनौठो लागेको छ,” उहाँले भन्नुभयो ।  

बोटमा लटरम्म फलेका लालीमायुक्त स्याउका फलहरू देखेपछि अरू किसान पनि उत्साहका साथ स्याउ खेतीतर्फ आकर्षित भइरहेका छन् । स्याउ खेती परीक्षण सफल भएपछि गाउँपालिकाले ‘लक्षित स्याउ खेती प्रवर्धन कार्यक्रम’ लाई स्थायी रूपमा उत्पादन विस्तार गर्ने तयारी गरेको अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।   

images
प्रकाशित मिति :मंसिर ९, २०८२ मंगलवार - ०८:१३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology