Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

ऊर्जामन्त्री कुलमानलाई तुरुन्त बर्खास्त गरी अख्तियारमा मुद्दा दायर गर्न जेनजी मुभमेन्टको माग

ऊर्जामन्त्री कुलमानलाई तुरुन्त बर्खास्त गरी अख्तियारमा मुद्दा दायर गर्न जेनजी मुभमेन्टको माग

images

इच्छाकामना न्युज

४, मंसिर २०८२
ऊर्जामन्त्री कुलमानलाई तुरुन्त बर्खास्त गरी अख्तियारमा मुद्दा दायर गर्न जेनजी मुभमेन्टको माग
images

काठमाडौँ । जेन–जी मुभमेन्टले ऊर्जामन्त्री कुलमान घिसिङलाई बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्न माग गरेको छ। कुलमानसमेतको संलग्नतामा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्सान हुने गरी विद्युत खरिदबिक्री सम्झौता गरेको भन्दै जेन–जी मुभमेन्टले यस्तो माग गरेको हो।

मुभमेन्टका प्रवक्ता विजय साहद्वारा आज जारी विज्ञप्तिमा लेखिएको छ, ‘ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ। प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्वन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्नुपर्छ। विद्युत नियमन आयोगले स्वतन्त्र छानबिन समिति गठन गरी सम्पूर्ण विद्युत् सम्झौताहरू सार्वजनिक गर्नुपर्छ।’

जेन–जी मुभमेन्टले प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन थाल्न माग पनि गरे।

images
प्रकाशित मिति :मंसिर ४, २०८२ बिहिवार - ०८:०२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology