Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

पश्चिमी युक्रेनमा रूसको भीषण हमला, बालबालिकासहित २५ जनाको मृत्यु

पश्चिमी युक्रेनमा रूसको भीषण हमला, बालबालिकासहित २५ जनाको मृत्यु

एजेन्सी

४, मंसिर २०८२
पश्चिमी युक्रेनमा रूसको भीषण हमला, बालबालिकासहित २५ जनाको मृत्यु
images

रूसले युक्रेनको पश्चिमी शहर तर्नोपिलमा ड्रोन र मिसाइलबाट भीषण हमला गरेको छ । हमलामा कम्तिमा २५ जनाको मृत्यु भएको छ, जसमा  तीन जना बच्चा रहेका छन्। युक्रेनी उद्धार अधिकारीहरूका अनुसार यस हमलामा दुईवटा आवासीय भवनहरूलाई निशाना बनाइएको थियो।

images
images

अधिकारीहरूले भनेअनुसार, यो हमलामा ७३ जना घाइते भएका छन्, तीमध्ये १५ जना बच्चा छन्। यो हमला २०२२ मा युद्ध सुरु भएपछि पश्चिमी युक्रेनमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको छ। पश्चिमी क्षेत्रहरू लभिव र इभानो–फ्र्याङ्किभ्स्कमा पनि हमला भएका छन्। उत्तरी शहर खार्किभका तीन जिल्लाहरूलाई पनि ड्रोन हमलाले निशाना बनाएको छ, जसमा ३० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

लभिवका प्रमुखले त्यहाँ एक उर्जा संरचना ९एनर्जी फ्यासिलिटी० मा क्षति पुगेको बताए। अनलाइन पोस्ट गरिएका तस्वीरहरूमा भवनहरू र सवारीसाधनहरूमा आगजनी भएको देखिन्छ।

युक्रेनको वायुसेनाले जनाएको छ कि उसले रूसका ४७६ ड्रोनमध्ये ४४२ वटा र ४८ मिसाइलमध्ये ४१ वटा खसेको दाबी गरेको छ।

images
प्रकाशित मिति :मंसिर ४, २०८२ बिहिवार - ०७:५८:२८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology