Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आजदेखि देशभरका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाईदै

आजदेखि देशभरका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाईदै

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७७
आजदेखि देशभरका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाईदै
images

काठमाण्डौ, २३ फागुन । आजदेखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइँदैछ । कोरोना खोपको दोस्रो चरण अन्तर्गत ६५ बर्ष माथिका उमेर समूहलाइ खोप दिन लागिएको हो। 

यही उमेर समूहमा पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरूमै कोरोनाविरुद्धको खोप लगाउँदैछन । प्रधानमन्त्री ओलीले आज त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले खोप लगाएपछि नेपालमा दोस्रो चरणको खोप अभियानको सुरुवात हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो अभियान ६ हजारभन्दा बढी खोप केन्द्रबाट सञ्चालन हुनेछ । यस चरणमा जेष्ठ नागरिकबाहेक सवारी चालक, सहचालक तथा शिक्षकहरूलाई पनि कोरोनाविरुद्धको खोप दिइनेछ । यसकासाथै १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि खोप लगाइने छ ।

त्यसैगरी आजै संवैधानिक निकायका पदाधिकारीहरुले कोरोना बिरुरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्थास्थ्य मन्त्रालयले जनाएको छ । आजै भारतबात ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप नेपाल आउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताएका छन । नेपालमा कोभ्याक्स फ्यासिलिटीअन्तर्गत प्राप्त गरेको कोरोना भाइरसविरुद्धको खोप आज ल्याउन लागिएको हो ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको तीन लाख ४८ हजार डोज कोभिसिल्ड खोप बोकेको विमान आज नेपाल आइपुग्नेछ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ०७:४४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology