Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ इच्छाकामनाका पुष्पराज गुरुङको मृत्यु, ५ जना घाईते

आँबुगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ इच्छाकामनाका पुष्पराज गुरुङको मृत्यु, ५ जना घाईते

इच्छाकामना न्युज

३, मंसिर २०८२
आँबुगाउँमा बोलेरो जीप दुर्घटना हुदाँ इच्छाकामनाका पुष्पराज गुरुङको मृत्यु, ५ जना घाईते
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा आज साँझ भएको बोलेरो जीप दुर्घटनाका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–५ बस्ने ३१ वर्षीय पुष्पराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

images
images

घाइते श्रेष्ठलाई आँबुखैरेनी अस्पतालका चिकित्सकले ८ः४५ बजेको समयमा मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

दुर्घटनामा घाइते पाँच जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से १ च ६५१ नम्बरको बोलेरो जीप चालकले नियन्त्रण गुमाइ सडकमा पल्टिदा दुर्घटना भएको थियो । जीपमा ११ जना सवार थिए ।

दुर्घटनामा परि इच्छाकामनाका पुष्पराज गुरुङको मृत्यु भएको छ भने घाइते हुनेमा चितवनको इच्छाकामना गाउँपालिका–२ बस्ने २० वर्षीया देउमाया गुरुङ, इच्छाकामना ५ को २६ वर्षीय जितबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अजित गुरुङ, कालिका नगरपालिका–८ बस्ने ३४ वर्षीया सरस्वती गुरुङ रहेका छन् ।

उल्लेखित समाचारमा मृत्यु हुनेमा पुष्पराज गुरुङ हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ । सम्पादक

images
प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - २३:०३:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology