Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

गोरखाको शहिद लखनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

गोरखाको शहिद लखनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इच्छाकामना न्युज

३, मंसिर २०८२
गोरखाको शहिद लखनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
images

घैरुङ । शहिद लखन गाउँपालिकामा सोमवारबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पिपलछापस्थित खेलमैदानमा भएको प्रतियोगिता अन्तरगत पहिलो दिन दश बिधाका खेलहरु सम्पन्न भएका छन् । लङ जम्प, सर्ट पुट, दौड लगायतका खेलहरु सम्पन्न भएको पालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख राजेन्द्र खनालले बताए । पालिकाभित्रका कुल ११ बिद्यालय सहभागी प्रतियोगितामा कुल २८ बिधाका खेलहरु हुनेछन् ।

images
images

प्रतियोगिताको सोमवार एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले उद्घाटन गरेका हुन् । पालिका उपाध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्वर १ का अध्यक्ष प्रेम गुरुङ, ६ का वडाध्यक्ष दिलिपनारायण थापा, जिल्ला खेलकुद बिकास समिति अध्यक्ष प्रेम तामाङ, सामाजिक बिकास समिति संयोजक कृष्ण प्रजा, प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको अवसरमा पालिकाभित्रका चार खेलाडी सम्मानित भएका छन् । श्रीलंकामा सम्पन्न नवौ दक्षिण एसियाली कराँते च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक बिजेता शहिद लखन–७ निवासी अर्पण थापा मगर र कास्य पदक बिजेता शहिद लखन–६ निवासी स्मृति गुरुङलाई नगद पुरस्कारसहित सम्मान गरिएको खनालले बताए । ‘अर्पणलाई ७० हजार (करसहित) र स्मृतिलाई ४० हजार (करसहित) नगदसहित कदरपत्रले सम्मान गरेका हौ,’ उनले भने ।

त्यस्तै प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा गोरखाबाट सहभागी भई स्वर्ण पदक जित्न सफल शहिद लखन–८ की श्रृष्टी श्रेष्ठ र शहिद लखन–५ का अमृत राना मगरलाई पनि सम्मान गरिएको उनले जानकारी दिए । उनीहरुलाई दोसल्ला ओडाएर कदर पत्रले सम्मान गरिएको हो ।

images
प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - ११:३७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology