Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इटालीलाई हराउँदै नर्वे फिफा विश्वकपमा छनोट

इटालीलाई हराउँदै नर्वे फिफा विश्वकपमा छनोट

एजेन्सी

१, मंसिर २०८२
इटालीलाई हराउँदै नर्वे फिफा विश्वकपमा छनोट
images

नर्वे १९९८ पछि पहिलो पटक फिफा विश्वकपमा छनाेट भएको छ। युराेपीयन छनाेट अन्तर्गत आइतबार राति सम्पन्न समुह आइ को खेलमा इटालीलाई ४-१ गोल अन्तरले पराजित गर्दै नर्वे १९९८ पछि पहिलो पटक विश्वकपमा छनाेट भएको हो।

images
images

नर्वेको जितमा इर्लिंग हालाण्डले २ गोल गरेका थिए भने एन्टोनियो नुसा र जोर्गेन स्ट्रान्ड लार्सेनले एक एक गोल गरे। त्यस्तै इटालीका लागि एक गोल फ्रान्सेसको पियो एस्पोसिटोले गरे।

जितसँगै समुह आईमा नर्वेको ८ खेलबाट २४ अंक भएको छ र अपराजित हुँदै विश्वकपमा छनाेट भएको छ। त्यस्तै इटालीको भने ८ खेलमा १८ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ।

योसँगै युरोपबाट नर्वेसहित पोर्चुगल, क्रोसिया, इङल्याण्ड र फ्रान्स विश्वकपमा छनाेट भएका छन्।

images
प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - ०८:४८:१६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology