बुंकोट, २२ फागुन । आँबुखैरेनीमा रहेको लायन्स क्लव अफ आँवुखैरेनी सिटीले गोरखाको शहिद लखन गाउँपालिका ७ बुंकोटमा निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ। ओम विराज डेन्टल केयर गोरखाको प्राविधिक सहयोगमा क्लवले बुंकोटमा आज एक दिने निशुल्क दन्त शिविर सञ्चालन गरेको हो। शिविरमा गाउँ गाउँबाट आएका नागरिकहरुले दन्त परिक्षण गरेका थिए।
शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रमेश थापा मगरले समाजसेवी भावनाले अघि बढ्दा समाज र समाजमा रहने व्यक्तिहरुलाइ हित हुने बताए। शिविरमा यस क्षेत्रका दाजूभाइ दिदिबहिनीहरुले चेकजाँच गराएर आफ्नो समस्याबारे जानकारी लिन आग्रह गरे।

शहिद लखन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठको समन्वयमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष इन्दीरा तिवारी, वडा नम्बर ८ का वडा अध्यक्ष काशीनाथ अम्गाइ, लायन्स क्लव अफ आँवुखैरेनी सिटीका अध्यक्ष शिव खनाल, लगायतले सम्बोधन गरेका थिए ।
लायन्स क्लव अफ आँवुखैरेनी सिटीका अध्यक्ष शिव खनालको अध्यक्षतामा भएको कार्यक्रममा दन्त चिकित्सक डा.ओसिन थापा, ओम बिराट डेण्टल केयर गोरखाका सन्जय अधिकरी लगायत ५ जना प्राबिधिक टिम, लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ बि १ का रिजन चियरपर्सन सुरेन्द्र कुमार श्रेष्ठ, स्थानीय जनप्रतिनिधिहरु, राजनितीदलका प्रतिनिधिहरु, बुंकोट स्वाथ्य चौकीका स्वाथ्यकर्मी, लायन्स क्लबका पदाधिकारी एवम सदस्यहरुको उपस्थिति रहेको थियो।
यसैबिच शिविरमा ८३ जना महिला र २१ पुरुषको दन्त परिक्षण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो।