मुग्लिन । नेकपा एमाले इच्छाकामना गाउँकमिटिले भोली कार्तिक २५ गते इच्छाकामना गाउँपालिकामा पालिका स्तरीय बृहत जनप्रदर्शन तथा मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको छ । बदलिदो राजनैतिक परिवेशलाई मध्य नजर गर्दै जनप्रदर्शन तथा मोटरसाइकल र्यालीको आयोजना गर्न लागिएको नेकपा एमालेले जानकारी दिएको छ ।
एमालेले प्रदर्शन गर्न लागिएको मोटरसाइकल र्याली इच्छाकामना गाउँपालिकाको वडा नं. ५ स्थित शान्ति बजारदेखि वडा नं. ३ स्थित फिस्लिङ बजारसम्म पुगेर कोणसभामा परिणत गरिने नेकपा एमाले इच्छाकामना अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए ।