Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

लोकसेवाको ४४ पदमा दरखास्त नै परेन

लोकसेवाको ४४ पदमा दरखास्त नै परेन

images

इच्छाकामना न्युज

२३, कार्तिक २०८२
लोकसेवाको ४४ पदमा दरखास्त नै परेन
images

काठमाण्डौ । लोकसेवा आयोगमा ४४ पदमा दरखास्त नपरेको पाइएको छ। आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार उक्त आर्थिक वर्षमा निजामती सेवा तर्फका १ हजार ५ सय १३ पदका लागि गरिएका विज्ञापनमध्ये आन्तरिक प्रतियोगिता तर्फका ३१ र समावेशी तर्फका सात गरी ३८ वटा विज्ञापनका ४४ पदमा कुनै पनि दरखास्त परेनन्।

यसरी दरखास्त नपर्नेमा राजपत्रअनकिंत द्वितीय श्रेणी (प्राविधिक) तर्फका अमिन, मेकानिक्स लगायत पद छन्। यसैगरी राजपत्रांकिततर्फ मुख्यगरी स्वास्थ्य सेवातर्फका नवौं तहको मेडिसिन समूहतर्फ नेफ्रोलोजी, न्युरोलोजी, कार्डियोलोजी, युरो सर्जरी, किडनी ट्रान्सप्लान्ट सर्जरी, निओनेटोलोजी, हेमाटोलोजी उपसमूहका पद छन।

आरक्षण कोटामा पुनरवोलकन हुन नसक्दा यस्तो स्थिति देखिएको आयोगका कर्मचारीले बताएका छन्। कानुनअनुसार हरेक १०/१० वर्षमा आरक्षण कोटामा पुनरवोलकन हुनुपर्नेमा २०६४ सालयत पुनरवोलकन गरिएको छैन।

images
प्रकाशित मिति :कार्तिक २३, २०८२ आइतवार - ०९:१६:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology