Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भोली ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने 

भोली ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने 

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७७
भोली ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने 
images

काठमाण्डौ, २२ फागुन । कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा भोली ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ । आज युनिसेफले आयोजना गरेको कोरोना खोपसम्बन्धी अन्तरक्रियामा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्स सुविधा अन्तर्गतको पहिलो चरणमा भोली कोरोना खोप नेपाल आइपुग्ने जानकारी दिनुभयो । साथै भोली बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर दोस्रो चरणको अभियानको सुरु गर्ने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।

कोभ्याक्स सुविधा अन्तर्गत भोली आउने कोरोना खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । सरकारले भोली बाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्ष माथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोना विरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।  ५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्ष माथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक गौतमले बताउनुभयो  ।

हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १७:४५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology