Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

माओवादी केन्द्र सहित ९ दलको एकता राष्ट्रिय सम्मेलन आज

माओवादी केन्द्र सहित ९ दलको एकता राष्ट्रिय सम्मेलन आज

इच्छाकामना न्युज

१९, कार्तिक २०८२
माओवादी केन्द्र सहित ९ दलको एकता राष्ट्रिय सम्मेलन आज

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित ९ दलको एकता राष्ट्रिय सम्मेलन आज हुने भएको छ । आज बिहान ११ बजे काठमाडौँको भृकुटीमण्डपमा ९ वाम दलको एकता राष्ट्रिय सम्मेलन हुने भएको हो ।

images

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ वाम दलको एकता भएको हो । जसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी र देशभक्त समाजवादी मोर्चा रहेका छन् ।

नयाँ दलको नाम 'नेपाली कम्युनिष्ट पार्टीु हुने भएको छ भने चुनाव चिन्ह पाँचकुने तारा प्रस्तावित गरिएको छ ।

यस एकताले एकीकृत समाजवादी भने तीन टुक्रा भएको छ भने माओवादी केन्द्र पनि विभाजित भएको छ । एकीकृत समाजवादीमा घनश्याम भुसाल समुह एकता प्रक्रियामा सहभागी नहुने भएको छ भने रामकुमारी झाक्री, किसान श्रेष्ठसहितका नेताहरुले पुरानै दल एमाले फर्किने तयारी गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जनार्दन शर्माले पनि एकता प्रक्रियामा सहभागी नहुने भन्दै मंगलबार नै ुप्रगतिशील अभियान नेपालु को घोषणा गरेका छन् । यसमा उनलाई राम कार्की र अन्जना विशुंकेले साथ दिएका छन् ।

आजको बैठकले एकताको निर्णय अनुमोदन गरेर सकिदै छ भने बुधबार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीचमा पार्टी एकताको घोषणा हुदैछ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८२ बुधवार - ०९:३५:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology