Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

सस्तियो ऋणको ब्याज: तीन वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल

सस्तियो ऋणको ब्याज: तीन वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल

images

इच्छाकामना न्युज

१९, कार्तिक २०८२
सस्तियो ऋणको ब्याज: तीन वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल
images

काठमाडौँ।  वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएर लागत कम गरेपछि आधार दर (बेस रेट) थप घटेको छ । कर्जाको माग सुस्त भई लगानीयोग्य रकम थुप्रिएपछि बैंकहरूले निक्षेप ब्याजदर निरन्तर घटाइरहेका छन्, जसको असर आधार दरमा पनि परेको छ।

हाल तीन वाणिज्य बैंक, एभरेष्ट बैंक, स्टान्डर्ड चार्टर्ड बैंक र राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५ प्रतिशतभन्दा तल पुगेको छ भने  स्टान्डर्ड चार्टर्ड बैंकको ४.६० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६४ प्रतिशत र एभरेष्ट बैंकको ४.८८ प्रतिशत रहेको छ ।

बेस रेट घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरूले सामान्यतया आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण प्रदान गर्ने व्यवस्था छ । पछिल्ला तीन महिनाको औसत आधार दरमा प्रिमियम जोडेर नै बैंकहरूले ग्राहकका लागि ब्याजदर निर्धारण गर्दै आएका छन्।

कुन बैंकको  कति ?

वाणिज्य बैंक बेसरेट (पछिल्लो तीन महिनाको औसत)
स्टान्डर्ड चार्टर्ड ४.६
राष्ट्रिय वाणिज्य ४.६४
एभरेष्ट ४.८८
नेपाल ५.२५
ग्लोबल आयएमई ५.४
कृषि विकास ५.४९
नबिल ५.५८
सानिमा ५.६८
नेपाल इन्भेष्टमेन्ट मेगा ५.६९
माछापुच्छ्रे ५.८१
प्रभु ५.८३
एनएमबि ५.८९
सिद्धार्थ ५.९२
नेपाल एसबिआइ ५.९६
कुमारी ६.०१
लक्ष्मी सनराइज ६.०१
सिटिजन्स ६.०५
हिमालयन ६.०८
प्राइम ६.२६
एनआइसी एसिया ६.७६

images
प्रकाशित मिति :कार्तिक १९, २०८२ बुधवार - ०९:२५:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology