Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा

सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा

इच्छाकामना न्युज

१९, कार्तिक २०८२
सहकारीले समयमा रासायनिक मल नल्याएपछि किसान समस्यामा
images

दोधारा चाँदनी। सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल समयमा नपाउँदा किसान समस्यामा परेका छन् ।

images
images

अनुदानको मल वितरणको जिम्मा पाएका सहकारीहरुले कृषि सामग्री कम्पनीबाट रासायनिक मल नलग्दा किसानहरु समस्यामा परेका हुन् । किसानले हिउँदे बाली लगाउने समय भइसक्दा समेत सहकारीहरु मल लिन नआएको कृषि सामग्री कम्पनी कञ्चनपुरका प्रमुख हेमराज जोशीले जानकारी दिए ।

रासायनिक मल वितरणका लागि कृषि सामग्री केन्द्रमा दर्ता भएका सहकारीले असोज मसान्तसम्ममा नवीकरण गरेर १० दिनभित्र कोटाको रासायनिक मल लगिसक्नुपर्ने प्रावधान भए पनि हालसम्म सहकारीहरु नवीकरण गर्नसमेत नआएको उनले बताए।

‘यहाँ मल वितरणका लागि १५४ वटा सहकारी दर्ता भएका छन् जसमध्ये असोज मसान्तसम्म २० वटा सहकारीले मात्रै नवीकरण गरेका छन्”, कार्यालय प्रमुख जोशीले भने ‘सहकारीहरुले समयमा मल नलग्दा समस्या भएको छ ।’

उनले कञ्चनपुरमा रासायनिक मल अभाव नरहेको बताउँदै सहकारीले समयमा मल नलग्दा किसान समस्यामा पर्ने गरेको बताए। ‘हामीले सिधँसानलाई मल बिक्री गर्न मिल्दैन, सहकारीमार्फत कोटाअनुसार मल वितरण गर्ने हो’, उनले ‘सहकारीले मल लिन नआएपछि पालिकाहरुलाई पत्राचार गरेका छौँ ।’

हाल कञ्चनपुरका नौ वटा स्थानीय तहमा कोटाअनुसार सहकारीलाई मल वितरण गरिँदै आएको छ । ‘रासायनिक मल आउनेक्रम जारी छ, एक चरणको कोटाको मल हामीले वितरण गरिसकेका छौँ’, जोशीले भने, ‘अहिलेसम्म मल अभाव भएको छैन हामीसँग पर्याप्त मल मौज्दात छ ।’

उनका अनुसार हालसम्म ५०० मेट्रिकटन डिएपी वितरण भइसकेको छ । एक हजार १०० मेट्रिकटन डिएपी मौज्दात छ । त्यसैगरी युरिया ५०० मेट्रिकटन वितरण भइसकेको छ भने ३०० मेट्रिकटन गोदाममा मौज्दात रहेको छ । अहिले पनि रासायनिक मल आउनेक्रम जारी रहेकाले मलको अभाव नहुन कृषि सामग्री केन्द्रले जनाएको छ ।

यहाँका किसानहरुले भने समयमा रासायनिक मल नपाउँदा हिउँदे बाली लगाउन समस्या भएको गुनासो गरेका छन् । ‘कृषि सामग्री कम्पनीले सिधैं किसानलाई मल दिँदैन सहकारीमार्फत दिन्छ’

बेदकोट नगरपालिका–६ का कृषक सेटसिंह रानाले भने, ‘हामीले तरकारी लगाइसक्यौँ मल पाएका छैनौँ अहिले सहकारीमा जाँदा मल छैन भन्छन् ।’

सहकारी नियमनको जिम्मेवारी स्थानीय तहको भए पनि प्रभावकारी रुपमा सहकारीको नियमन नहुँदा सहकारीहरु जिम्मेवार नबनेका किसानको बुझाइ छ । ‘सरकारले सहकारीमार्फत मल वितरण गर्छ, तर धेरै सहकारी निष्क्रिय जस्तै छन् ।’

भीमदत्त नगरपालिका–८ का कृषक वीरसिंह थापाले भने, ‘कृषि सामग्री कम्पनीमा जाँदा मल पर्याप्त छ भन्छन् सहकारीले मल छैन भन्छ यसको नियमन गर्ने स्थानीय तहले हो त्यो हुन नसक्दा हामी समस्यामा परेका छौँ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०८२ बुधवार - ०९:०४:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology