Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह कसुरमा पक्राउ

एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह कसुरमा पक्राउ

इच्छाकामना न्युज

१८, कार्तिक २०८२
एमाले केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह कसुरमा पक्राउ
images

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह प्रकरणमा पक्राउ परेका छन् । ताप्लेजुङका शेर्पालाई मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले धुम्बाराहीबाट पक्राउ गरेको हो । उनी एमाले निकट जनसंगठन जनजाति महासंघका अध्यक्षसमेत हुन् । 

images
images

तीन वर्षअघि बहुविवाहको मुद्दामा अदालतले उनलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । तर, अदालतको फैसलापछि पनि उनी शक्तिको आडमा निर्णय कार्यान्वयन नगरी फरार रहेकाले मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

शेर्पाले सो सजायविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । तर, उच्च अदालतले पनि जिल्ला अदालतको फैसला यथावत् राखेको थियो। 

images
प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - २२:२७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology