Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एमालेमा फर्किने अन्तिम तयारीमा झाँक्री समूह, भोली बिहान पत्रकार सम्मेलन

एमालेमा फर्किने अन्तिम तयारीमा झाँक्री समूह, भोली बिहान पत्रकार सम्मेलन

इच्छाकामना न्युज

१८, कार्तिक २०८२
एमालेमा फर्किने अन्तिम तयारीमा झाँक्री समूह, भोली बिहान पत्रकार सम्मेलन
images

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको एक समूह नेकपा एमालेका फर्किने तयारीमा रहेको छ । पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रिको नेतृत्वमा नेकपा एक समूह मूल पार्टी एमालेमै फर्किने तयारी गरेको हो ।

images
images

नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि नेकपा एस यति बेला टुक्रा टुक्रा भएको छ । नेकपा एस तीन समूहमा विभाजन भएको छ ।

माधव नेपाल समूह माओवादी केन्द्रमा जाँदै छ भने झलनाथ खनाल–घनश्याम भुसाल समुह आफ्नै नेतृत्वमा नयाँ पार्टी गठनको तयारीमा जुटेको छ । यता, रामकुमारी समूह भने नेकपा एमालेमा फर्किने तयारीमा छन् । रामकुमारीसँगै किसान श्रेष्ठ लगायतका नेताहरू एमालेमा फर्किने तयारी गरिरहेका छन् ।

जसका लागि रामकुमारी समूहले भोली बिहान पत्रकार सम्मेलन आयोजना गरेको छ । पत्रकार सम्मेलनमा कम्युनिस्ट आन्दोलनका समक्ष आइपरेका चुनौतीहरूको समाधानका लागि विचार विमर्श गरिने बताइएको छ ।

images
प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - २२:०६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology