Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मौसमः पहाडी तथा हिमाली भू–भागमा सोमबारसम्म हल्का वर्षा र हिमपातको सम्भावना 

मौसमः पहाडी तथा हिमाली भू–भागमा सोमबारसम्म हल्का वर्षा र हिमपातको सम्भावना 

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७७
मौसमः पहाडी तथा हिमाली भू–भागमा सोमबारसम्म हल्का वर्षा र हिमपातको सम्भावना 
images

चिवतन, २२ फागुन । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज बिहानैदेखि मौसम बदली भएको छ । देशका केही पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्यबदली रहेको र बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुको एक/दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावनाछ । काठमाडौँ आसपासका क्षेत्रमा भने हिजो साँझ नै पानी परेको थियो । प्रदेश नं. १ र सुदुरपश्चिम प्रदेशमा साथै बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागको केही स्थानमा सोमबारसम्म हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

अन्य प्रदेशमा भने सामान्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ । 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - ०९:१२:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology