Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तीन वर्षमा एघार सयभन्दा बढिको सम्बन्ध विच्छेद

तीन वर्षमा एघार सयभन्दा बढिको सम्बन्ध विच्छेद

रासस

१७, कार्तिक २०८२
तीन वर्षमा एघार सयभन्दा बढिको सम्बन्ध विच्छेद
images

रमेश विश्वकर्मा, गुल्मी। गुल्मीमा तीन वर्षमा एघार सयभन्दा बढिको सम्बन्ध विच्छेद भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा तीन वर्षमा एघार सय ३६ जनाले सम्वन्ध विच्छेद भएको पाइएको छ ।

images
images

जिल्ला समन्वय समिति गुल्मीको वार्षिक समिक्षामा पालिकाले प्रस्तुत गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा ३८९ जना, २०८०/०८१ मा ३०४ जना र २०८१/०८२ मा ४४३ को सम्बन्ध विच्छेद भएको पाइएको हो ।

यस जिल्लाको रेसुङ्गा नगरपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ५२ जना, २०८०/०८१ मा ४९ जना र २०८१/०८२ मा ३९ जनाको सम्बन्ध विच्छेद भएको छ । मुसिकोट नगरपालिमा आर्थिक वर्ष २०७९/०८० मा ५१ जना, २०८०/०८१ मा ३० जना र २०८१/०८२ मा ५८ जनाको सम्बन्ध विच्छेद भएको छ । कालीगण्डकी गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ५३ जना, २०८०/०८१ मा १३ जना र २०८१/०८२ मा २१ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख छ ।

सत्यवती गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २० जना, २०८०/०८१ मा ३३ जना र २०८१/०८२ मा २६ को सम्बन्ध विच्छेद भएको छ । चन्द्रकोट गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा १५ जना, २०८०/०८१ मा २० जना र २०८१/०८२ मा ३५ जनाको सम्बन्ध विच्छेद भएको छ । रुरुक्षेत्र गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २० जना, २०८०/०८१ मा १२ जना र २०८१/०८२ मा ३४ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख छ ।

छत्रकोट गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ५२ जना, २०८०/०८१ मा ३४ जना र २०८१/०८२ मा ३३ जनाको सम्बन्ध विच्छेद भएको छ । गुल्मीदरबार गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३६ जना, २०८०/०८१ मा ३५ जना र २०८१/०८२ मा ५० जनाको सम्बन्ध विच्छेद भएको छ । धुर्कोट गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा १५ जना, २०८०/०८१ मा २० जना र २०८१/०८२ मा ४७ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

इस्मा गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा ३१ जना, २०८०/०८१ मा २८ जना र २०८१/०८२ मा ४३ जनाको सम्बन्ध विच्छेद भएको छ । मालिका गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २३ जना, २०८०/०८१ मा १७ जना र २०८१/०८२ मा २६ जनाको सम्बन्ध विच्छेद भएको छ । मदाने गाउँपालिकामा आर्थिक वर्ष २०७९/०८० मा २१ जना, २०८०/०८१ मा १३ जना र २०८१/०८२ मा ३१ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८२ सोमवार - १०:०६:५० बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology