Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

भारतले पहिलोपटक जित्यो आइसिसी महिला विश्वकपको उपाधि

भारतले पहिलोपटक जित्यो आइसिसी महिला विश्वकपको उपाधि

एजेन्सी

१७, कार्तिक २०८२
भारतले पहिलोपटक जित्यो आइसिसी महिला विश्वकपको उपाधि
images

आइसिसी एकदिवसीय महिला विश्वकपको उपाधि भारतले जितेको छ । गएराति मुम्बईको डिवाई पाटिल स्पोट्र्स एकेडेमीमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले विश्वकपको उपाधि जितेको हो ।

images
images

जितसँगै भारतीय महिला टोलीले इतिहास रचेको छ । एकदिवसीय विश्वकपमा ऊ पहिलोपटक च्याम्पियन बनेको हो । फाइनल खेलमा भारतले २९९ रनको लक्ष्य दिएकोमा दक्षिण अफ्रिकी टोली ४५.३ ओभरमा अल आउट हुँदै २४६ रनमा समेटिएको थियो । भारतका लागि दिप्ती शर्माले पाँच विकेट लिइन् । उनले ९ ओभरमा ३९ रनमात्रै खर्चिएकी थिइन् । त्यस्तै सफाली वर्माले २ र श्री चरणीले एक विकेट लिइन् ।

दक्षिण अफ्रिकाकी ओपनर तथा कप्तान लाउरा उलवार्टले १०१ रन बनाएर शतकीय पारी खेलिन्। उनले ९८ बलमा ११ चौका र १ छक्का हानेकी थिइन् । त्यस्तै अनिरी डेर्कसेनले ३७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३५ रन बनाइन्। सुनी लुसले २५, ताज्मिन ब्रिट्सले २३, नदिन डि क्लेर्कले १८ तथा सिनालो जाफ्टाले १६ रन जोडिन्।

पहिले ब्याटिङ गरेको भारतले पूरा ओभर खेलेर ७ विकेटको क्षतिमा २९८ रन बनाएको थियो। भारतका लागि ओपनर सफाली वर्माले सर्वाधिक ८७ रन बनाइन्। उनले ७८ बलमा ७ चौका र २ छक्का हानिन्।

त्यस्तै दिप्ती शर्माले ५८ बल खेलेर ३ चौका र १ छक्का प्रहार गर्दै ५८ रन बनाइन्। अर्की ओपनर स्मृति मन्धनाले ५८ बलमा ८ चौका प्रहार गर्दै ४५ रन जोडिन्। रिचा घोषले ३४, जेमिम रोद्रिगेजले २४, कप्तान हर्मनप्रित कौरले २० र अमनजोत कौरले १२ रनको योगदान गरे।

बलिङतर्फ दक्षिण अफ्रिकाकी आयाबोंगा खाकाले ३ तथा नोनकुलुलेको एमलाबा, नदिन डि क्लेर्क र कोल ट्रियोनले एक÷एक विकेट लिइन्। भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै फाइनल पुगेको थियो । इंग्ल्याण्डलाई पराजित गर्दै दक्षिण अफ्रिका पनि फाइनलमा पुग्दै भारतसँगको भेट पक्का गरेको थियो ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८२ सोमवार - ०९:१९:२२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology