Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीले १८.२०% लाभांश पाउने

मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीले १८.२०% लाभांश पाउने

images

इच्छाकामना न्युज

१७, कार्तिक २०८२
मुक्तिनाथ विकास बैंक अब वाणिज्य बैंक बन्ने, सेयरधनीले १८.२०% लाभांश पाउने
images

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडको वार्षिक साधारणसभाबाट सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित भएको छ । पोखरामा आयोजित १९ औं वार्षिक साधारणसभाले आ.व.२०८०/०८१ को वार्षिक प्रतिवेदनसँगै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो ।

पारित लाभांशमध्ये १३.५३ प्रतिशत बोनससेयर र बाँकी ४.६७ प्रतिशत लागि नगद लाभांस(बोनस सेयर र नगद लाभांसको कर सहित) रहेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशेष प्रस्तावहरुको रुपमा यस विकास बैंकको चुक्तापूँजी ९,००,०३,८८,७६७.११ (अक्षेरेपी नौ अर्ब तीन लाख अठासी हजार सात सय सत्सठ्ठी रुपैयाँ एघार पैसा मात्र) पुर्याउने, सोही बमोजिम प्रबन्धपत्रको सम्बन्धित दफा संशोधन गर्ने र पूँजीवृद्धि पश्चात नेपाल राष्ट्र बैंकले तोकेको प्रावधानअनुसार यस विकास बैंकलाई वाणिज्य बैंकमा स्तरोन्नतिको लागि आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको छ ।

सभाबाट आ.व. २०८२/०८३को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ। साथै, साधारणसभाको औपचारिक कार्यक्रमको समुद्घाटन सञ्चालक समितिका अध्यक्ष खिमप्रकाश मल्लले गरेका थिए । सभामा बैंकका सञ्चालक समितिका सदस्य भरतप्रसाद लम्सालले स्वागत मन्तब्य र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८२ सोमवार - ००:५३:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology