Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

मेलम्चीको पानी आज सुन्दरीजलमा झर्दै, प्रधानमन्त्रीले अवलोकन गर्ने 

मेलम्चीको पानी आज सुन्दरीजलमा झर्दै, प्रधानमन्त्रीले अवलोकन गर्ने 

images

इच्छाकामना न्युज

२२, फाल्गुण २०७७
मेलम्चीको पानी आज सुन्दरीजलमा झर्दै, प्रधानमन्त्रीले अवलोकन गर्ने 
images

काठमाण्डौ, २२ फागुन । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज काठमाडौँको सुन्दरीजलमा झर्दैछ । गत फागुन १० गते दोस्रो पटक मेलम्चीको पानी परीक्षणका लागि छाडिएकोमा आज दिउँसो सुन्दरीजलमा झर्ने आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।

मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकन गर्ने कार्यक्रम तय भएको उहाँको भनाइ छ । आयोजनाका अनुसार आज सुन्दरीजल झर्ने पानी रातभर बागमती नदीमा बगाइनेछ । पानीको सतह बढ्न सक्ने भन्दै आयोजनाले बागमती नदी आसपासका बासिन्दालाई यसअघि नै सचेत गराइसकेको छ । गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पटक पानी पथान्तरण थालिएको थियो।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - ०८:५९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology