Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

मध्यरातमा बालेनको ‘अश्लिल स्टाटस’, समर्थककै आलोचनापछि ‘डिलिट’

मध्यरातमा बालेनको ‘अश्लिल स्टाटस’, समर्थककै आलोचनापछि ‘डिलिट’

इच्छाकामना न्युज

१६, कार्तिक २०८२
मध्यरातमा बालेनको ‘अश्लिल स्टाटस’, समर्थककै आलोचनापछि ‘डिलिट’

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले शनिबार मध्यरातमा आपत्तीजनक शब्द सहित स्टाटस लेखेका छन् ।
अमेरिका, भारत र चीनसहित नेपालका राजनीतिक दलहरूलाई गाली गर्दै अंग्रेजीमा लेखेको स्टाटसमा बालेनले अश्लील शब्द प्रयोग गरेको छन् । उनको स्टाटसमा चर्को आलोचना भइरहेको छ।

images

शनिबार राति ११ बजेर ५६ मिनेट जाँदा लेखेको त्यो स्टाटस आलोचना भएपछि उनले केही बेरमै हटाएका थिए। तर सामाजिक सञ्जाल प्रयोगकर्ताले स्क्रिनसट गरेर व्यापक टिप्पणी गरिरहेका छन्।

उनले स्टाटसमा अमेरिका, भारत र चीन तथा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) र माओवादीलाई गाली गरेका छन्।

अनि सबै मिले पनि केही गर्न सक्दैनन् भन्दै उल्लेख गरेका छन् । 

images
प्रकाशित मिति :कार्तिक १६, २०८२ आइतवार - ०९:२५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology