Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

गोरखा गण्डकी गाउँपालिका ७ र ८ वडाले ग¥यो जनयुद्धका शहिद, वेपत्ता परिवार र घाईतेलाई सम्मान

गोरखा गण्डकी गाउँपालिका ७ र ८ वडाले ग¥यो जनयुद्धका शहिद, वेपत्ता परिवार र घाईतेलाई सम्मान

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७७
गोरखा गण्डकी गाउँपालिका ७ र ८ वडाले ग¥यो जनयुद्धका शहिद, वेपत्ता परिवार र घाईतेलाई सम्मान
images

गोरखा २१ फागुन । गण्डकी गाउँपालिका वडा नम्बर ७ र ८ ले १० बर्षे जनयुद्धमा योगदान पु¥याएका घाइते, शहिद, बेपत्ता परिवार र पूर्णकालिन कार्यकर्तालाई सम्मान गरेको छ । बर्तमान राजनीतिक उपलब्धी तथा ऐतिहासिका संबिधानसभा मार्फत प्राप्त नेपालको नयाँ संबिधान जनयुद्धकै जगमा प्राप्त भएको भन्दै दुवै वडा कार्यालयले जनयुद्धमा सहभागी भएका वडा भित्रका पूर्णकालिन कार्यकर्ता, जनयुद्धका क्रममा शहादत प्राप्त गरेका शहिदका परिवार, घाइते तथा बेपत्ता परिवारलाई शुक्रबार सम्मान गरेको हो ।

3.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष लेखबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दुवै वडाका गरि करिब १५० जना भन्दा बढी परिबर्तनका लागि जनयुद्धमा होमिएका शहिदका परिवार, घाइते, बेपत्ता परिवार, लगायतलाई सम्मान गरिएको नेकपाका जिल्ला कार्यालय सदस्य अंकुर तिमेल्सिना (आयाम) ले जानकारी दिनुभयो ।

2.jpg

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री समेत रहनु भएका नेकपाका जिल्ला अध्यक्ष लेखबहादुर थापाले परिवर्तनका लागि महान् जनयुद्धले खेलेको भूमिकालाई कसैले मेट्न खोज्दैमा नमेटिने बताउनुभयो । नेपालको राजनीतिक सामाजिक, सांस्कृतिक परिवर्तनका लागि १० बर्षे जनयुद्धले बाटोको कोरेको उल्लेख गर्नुहुदै उहाँ अहिले प्राप्त सवै खालका उपलब्धी जनयुद्धका र त्यसको जगबाट सृजित उपलब्धी भएको बताउनुभयो ।

उहाँले वडा कार्यालयले नै जनयुद्धका शहिद, बेपत्ता परिवार, घाइते तथा जेल जिवन बिताएका तथा पूर्णकालिन कार्यकर्तालाई सम्मान गर्नु जनयुद्धकै बास्तविक सम्मान पनि भएको बताउनुभयो । कार्यक्रममा बोल्दै गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जनयुद्धले नेपालको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

1.jpg

कार्यक्रममा नेकपा गण्डकी गाउँपालिका इन्चार्ज एवम गण्डकी प्रदेश कमिटिका सदस्य दिपक तिमेल्सिना (साकार) जनयुद्धका क्रममा जेल पर्नुभएका स्थानीय नेता शिव रेग्मी, बेपत्ता हुनुभएका ज्ञानबहादुर गुरुङका छोरा, बुद्धिजिवी बासुदेव रेग्मी लगायतले सम्बोधन गर्नुभएको थियो । वडा नम्बर ७ को कार्यालयमा वडाध्यक्ष तुलसी रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रम वडा नम्बर ८ का वडाध्यक्ष रामप्रसाद रेग्मीले सञ्चालन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - २०:५७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology