Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

टाइब्रेकरमा भारतमाथि नेपालकाे सानदार जित

टाइब्रेकरमा भारतमाथि नेपालकाे सानदार जित

इच्छाकामना न्युज

१३, कार्तिक २०८२
टाइब्रेकरमा भारतमाथि नेपालकाे सानदार जित
images

काठमाडौं । मैत्रीपूर्ण महिला फुटबल खेलमा नेपालले भारतलाई टाइब्रेकरमा पराजित गरेको छ ।

images
images

भारतको सिक्किमस्थित पाल्जोर रङ्गशालामा गएराति सम्पन्न खेलमा नेपालले घरेलु टोली भारतलाई टाइब्रेकरमा ३–० ले हराएको हो । टाइब्रेकरमा नेपालका सविता रानामगर, रश्मिकुमारी घिसिङ र निशा थोकरले गोल गरेपछि नेपाल विजयी भयो ।

नेपालका गोलकिपर अञ्जना रानामगरले भारतको पहिलो र तेस्रो पेनाल्टी सजिलै रोकिन् । दोस्रो पेनाल्टी भने बाहिरिएको थियो ।

त्यसअघि दुवै टोलीले खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा खेलेका थिए । खेलको निर्धारित समय बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको ३०औँ मिनेटमा भारतकी सौम्या गुगुलोथले गोल गरिन् । त्यसपछि खेलको पहिलो हाफको अतिरिक्त समयमा नेपालकी अनिता बस्नेतले बराबरी गोल फर्काएकी थिइन् ।

images
प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - ०७:५६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology