Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

स्थानीय पाठ्यक्रम निर्माणका लागि इच्छाकामना गाउँपालिकाले बल्ल प्रक्रिया सुरु ग¥यो

स्थानीय पाठ्यक्रम निर्माणका लागि इच्छाकामना गाउँपालिकाले बल्ल प्रक्रिया सुरु ग¥यो

स्थानीय सरकार गठनको ४ वर्षपछि पहिलो पटक पाठ्यक्रम निर्माणका लागि कार्यशाला गोष्ठिको आयोजना

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७७
स्थानीय पाठ्यक्रम निर्माणका लागि इच्छाकामना गाउँपालिकाले बल्ल प्रक्रिया सुरु ग¥यो
images

कुरिनटार, २१ फागुन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले आधारभुत तहमा स्थानीय पाठ्क्रम निर्माण गरि लागु गर्न प्रक्रिया सुरु गरेको छ। स्थानीय सरकार गठनको झण्डै ४ वर्ष बित्नै लाग्दा बल्ल पहिलो पटक गाउँपालिकाले स्थानीय पाठ्क्रम निर्माण गरि लागु गर्न प्रक्रिया सुरु गरेको हो।

पाठ्यक्रम निर्माणको लागि पहिलो चरणमा आज एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाले स्थानीय विद्यालयका प्रअहरुसँग अन्तरक्रिया र एक दिने कार्यशाला एवं गोष्ठि सञ्चालन गरेको छ। गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, नेकपा प्रतिनिधी प्रताप गुरुङ, नेपाली कांग्रेस प्रतिनिधी विष्णु कुवँर, गाउँपालिकाको शिक्षा सहजकर्ता एवं रत्ननगर नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा लगायत गाउँपालिका भित्रका ५१ वटा सामुदायिक विद्यालयका प्रअ तथा प्रतिनिधीहरुको उपस्थितिमा गोष्ठि सम्पन्न गरेको हो।

2.jpg

गोष्ठिलाई सम्बोन्धन गर्दै गाउँपालिकाले निर्माण गर्न लागेको स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, पहिचानहरुलाई समावेस गर्दै नागरिकको अपनत्व महसुस हुने गरि सामाग्रीहरु समावेश गरिने अध्यक्ष गीता कुमारी गुरुङले बताउनुभयो।

स्थानीय तह सञ्चालन ऐन २०७४ परिच्छेद ३ को दफा ११ को उपदफा २ ‘ज’ बमोजिम हरेक स्थानीय तहले स्थानीय पाठ्यक्रम तयार पारी लागु गर्न पाउनेछ। सोहि बमोजिम पछिल्लो समय देशभरका स्थानीय तहहरुले स्थानीय पाठ्यक्रम तयार पारी लागु गर्ने गरेका छन्।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - २०:३७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology