Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ,सहकारी रकम हिनामिनासहित तीन आरोप

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ,सहकारी रकम हिनामिनासहित तीन आरोप

इच्छाकामना न्युज

१२, कार्तिक २०८२
प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ,सहकारी रकम हिनामिनासहित तीन आरोप
images

काठमाडौँ । प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भट्टचनलाई पक्राउ गरेको हो । भट्टचनलाई ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ टौकेलबाट मङ्गलबार पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

images
images

युरोले जारी गरेको विज्ञप्तिमा ‘ठाकुर प्रसाद मानन्धर समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी कुसुम लामा समेत भएको ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूर मुद्दामा अनुसन्धानको क्रममा संकलित प्रमाणहरूको आधारमा’ पक्राउ गरिएको उल्लेख छ ।

लामो समयदेखि अनुसन्धानलाई नै प्रभावित गरी लुकिछिपी गरी भट्टचन बसेको ब्युरोको विज्ञप्तिमा उल्लेख छ । प्रभु म्यानेजमेन्ट प्रा.लि.को सब–एजेण्टको रूपमा नियुक्त भएका देशभरका विभिन्न सहकारी संस्थाहरूको रकम हिनामिना गरेको आरोप भट्टचनमाथि लागेको छ ।

भट्टचन समेतले रकम हिनामिना गरी प्रभु म्यानेजमेन्ट प्रा.लि.बाट सम्बन्धित सहकारी संस्थाहरूलाई रेमिट्यान्सको रकम सोधभर्ना नगरेको भनी देशभरका ३ दर्जनभन्दा बढि सहकारी संस्थाबाट उजुरी परेको थियो ।

सोही आधारमा भट्टचन पक्राउ गरिएको ब्यूरोले उल्लेख गरेको छ ।

images
प्रकाशित मिति :कार्तिक १२, २०८२ बुधवार - ०७:२२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology