Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चितवनमा एमालेको सद्भाव र्‍याली

चितवनमा एमालेको सद्भाव र्‍याली

इच्छाकामना न्युज

२, कार्तिक २०८२
चितवनमा एमालेको सद्भाव र्‍याली
images

भरतपुर । नेकपा (एमाले) चितवनले शनिबार भरतपुरमा शान्तिपूर्ण सद्भाव र्‍याली तथा जागरण अभियान सम्पन्न गरेको छ ।

images
images

पूर्वपश्चिम राजमार्गको सिक्स लेन स्थित गोन्द्राङबाट मोटरसाइकल र्‍याली सुरू भई, हाकिम चोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, बाइपास रोडको विशाल चोक हुँदै मालपोत चोकमा पुगी सम्पन्न भएको थियो । त्यसपछि मालपोत चोकबाट अस्पताल रोड हुँदै पैदल र्‍याली चौबिसकोठीसम्म पुगी कोण सभामा परिणत भएको थियो ।

र्‍यालीका क्रममा जेनजीको आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही गर, हत्या हिंसाको छानबिन गर, आगजनी र तोडफोड गर्नेलाई कारबाही गर, सचेत युवाको जायज माग पूरा गर, वीर शहीदहरु अमर रहुन्, संविधानको रक्षा गर, शान्ति सुरक्षा कायम गर, राष्ट्रिय एकता कायम गर, सामाजिक सद्भाव कायम गरौं, नेकपा एमाले जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावादलगायतका नारा लगाइएको थियो ।

चौबिसकोठीमा भएको कोण सभालाई नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज जेएन थपलिया र एमाले चितवनका अध्यक्ष कमल राज पाठकले संबोधन गरेका थिए ।

नेता थपलियाले कालापानी र लिपुलेक हाम्रो भूमि हो भनी केपी शर्मा ओलीले विदेशी मञ्चमा गएर पनि आवाज उठाउन थालेपछि षड्यन्त्र भएको दाबी गरे । जेनजीको आन्दोलनमा घुसपैठ तथा हाइज्याक गरी देशी विदेशी शक्तिहरुले देशमा अराजकता मच्चाएको उनको भनाइ छ । नेकपा एमालेलाई इतिहासमा पनि बेलाबेलामा आक्रमण हुने गरेको स्मरण गर्दै उनले यस्ता आक्रमणहरु बेलाबेलामा भए पनि पार्टी उठ्दै आएको बताए । यसपाली पनि त्यस्तै भएको बताउँदै नेता थपलियाले नेकपा एमाले पुनः जुरूक्क उठेर समृद्ध नेपाल सुखी नेपालीको अभियानमा लाग्ने बताए ।

नेकपा (एमाले) चितवनका अध्यक्ष कमल राज पाठकले एमाले चुनावबाट नभाग्ने बताएका छन् । तर यो सरकार चुनाव गर्ने पक्षमा नरहेको उनले तर्क गरे । उनले जेनजी आन्दोलनमा देशविरोधी देशी, विदेशी शक्तिहरुले घुसपैठ गरी अराजकता मच्चाएको बताए ।

‘नेकपा एमाले सत्य छ, सही छ र जनताको पक्षमा छ, यो राष्ट्रको पक्षमा छ, सार्वभौम सत्ताको पक्षमा छ’ भन्दै अध्यक्ष पाठकले कोण सभालाई समापन गरे । नेकपा (एमाले) चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए ।

images
प्रकाशित मिति :कार्तिक २, २०८२ आइतवार - १२:३९:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology