Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जेनजीको नाममा वेथिति सुरु, भोटेकोशी जलविद्युतमा धम्काउदै १० प्रतिशत निःशुल्क शेयर हत्यायो

जेनजीको नाममा वेथिति सुरु, भोटेकोशी जलविद्युतमा धम्काउदै १० प्रतिशत निःशुल्क शेयर हत्यायो

इच्छाकामना न्युज

२७, आश्विन २०८२
जेनजीको नाममा वेथिति सुरु, भोटेकोशी जलविद्युतमा धम्काउदै १० प्रतिशत निःशुल्क शेयर हत्यायो
images

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित ४५ मेगावाट क्षमताको अपर भोटेकोशी जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएको छ । ‘जेनजी आन्दोलन’का नाममा आयोजनाको काम एक महिनादेखि रोकिएको थियो ।

images
images

भोटेकोशी पावर कम्पनी र ‘भोटेकोशी जेन–जी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेड’बीच आइतबार १० प्रतिशत शेयर निःशुल्क हस्तान्तरण गर्ने सहमति भएपछि आयोजना सञ्चालनमा आएको हो । सम्झौतामा जेनजी कम्पनीका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी पावर कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्यलगायतले हस्ताक्षर गरेका छन् ।

स्मरण रहोस्, यसअघि नै राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा स्थानीयवासीलाई ६ प्रतिशत शेयर दिने सम्झौता भएको थियो । तर भदौ २३ र २४ गते ‘भोटेकोशी जेनजी ग्रुप’ नामक स्थानीय समूहले १० प्रतिशत निःशुल्क शेयर माग गर्दै आयोजना बन्द गराएको थियो ।

कम्पनीले शेयर दिने तयारी भए पनि निःशुल्क दिन नसकिने बताउँदै वार्ता असफल भएपछि आयोजनाको काम एक महिनाभन्दा बढी समय ठप्प भएको थियो । तर पछिल्लो सहमतिपछि कम्पनीले स्थानीयको दबाबमा १० प्रतिशत शेयर निःशुल्क दिन सहमति जनाएको हो ।

सम्झौता पत्रमा भनिएको छ, “भोटेकोशी पावर कम्पनी प्रालि (दोस्रो पक्ष) ले आफ्ना शेयरमध्येबाट १० प्रतिशत शेयर आयोजनाको जलविद्युत् उत्पादन क्षेत्रका प्रत्यक्ष प्रभावित स्थानीय जनता समेटी बनेको लगानी कम्पनीलाई दिने सहमति गरियो ।”

यस सहमतिअनुसार सन् २०७१ सालमा भएको ६ प्रतिशत शेयर सम्झौतामा थप ४ प्रतिशत वृद्धि गर्दै जम्मा १० प्रतिशत कायम गरिएको छ ।

स्थानीय स्रोतका अनुसार आयोजनाले शेयर हस्तान्तरण गरेपछि अहिले पुनः काम सुरु भएको छ । तर यस घटनाले जलविद्युत् परियोजनामा ‘आन्दोलनको दबाब’ र राजनीतिक प्रभावको प्रश्न उठाएको स्थानीय व्यवसायीहरूले टिप्पणी गरेका छन् ।

 

 

images
प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - ०९:३९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology