Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेलहरु हुँदै 

‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेलहरु हुँदै 

इच्छाकामना न्युज

२१, फाल्गुण २०७७
‘बी’ डिभिजन लिग फुटबलमा आज पनि दुई खेलहरु हुँदै 
images

काठमाण्डौ, २१ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

images
images

शीर्ष स्थानको सातदोबाटो र तेस्रो स्थानको बाँसबारीबीचको खेल अपरान्ह १२ः१५ मा सुरु हुनेछ । सातदोबाटोले ८ खेलमा २२ अंक जोडेको छ ।बाँसबारीले ८ खेलमा १८ अंक जोडेको छ ।

यस्तै अर्को खेलमा मध्यपुर युथ एसोसियसन र पुल्चोक स्पोर्ट्स क्लबबीच खेल हुनेछ । मध्यपुर र पुल्चोकबीचको खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । मध्यपुर ८ खेलमा ७ अंक जोडेर १० औं स्थानमा रहेको छ ।पुल्चोक २ अंक जोडेर पुछारमा रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - ०९:४३:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology