Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

शक्तिशाली भुकम्पपछि सुनामी आउन सक्ने न्युजिल्याण्ड सरकारको चेतावनी 

शक्तिशाली भुकम्पपछि सुनामी आउन सक्ने न्युजिल्याण्ड सरकारको चेतावनी 

images

एजेन्सी

२१, फाल्गुण २०७७
शक्तिशाली भुकम्पपछि सुनामी आउन सक्ने न्युजिल्याण्ड सरकारको चेतावनी 
images

न्युजिल्याण्डमा तीनपल्टसम्म शक्तिशाली भूकम्पको महसुस भएपछि न्युजिल्याण्ड सरकारले सुनामी आउन सक्ने चेतावनी दिएको छ ।त्यहाँको सरकारले उत्तरी द्वीपको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशनसमेत दिएको छ । राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटीय क्षेत्रमा छाल आउनसक्ने चेतावनी दिएको हो ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्यहाँ रहेका हजारौँ नागरिकहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहेका छन् । अधिकारीहरूले न्यू क्यालेडोनिया, मानुआतु टापूहरुमा समुद्रको ठूलो छाल आउन सक्ने चेतावनी दिँदै सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् । त्यहाँका तटीय क्षेत्रहरुमा समुद्रको पानी १० फिटसम्म उठ्न सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का महसुस भएपछि अमेरिका, चिली पेरु, चिली, इक्वेडर र अमेरिकाका केही केही स्थानमा समेत १ मिटरसम्मको छाल उठ्न सक्ने अनुमान गरिएको छ ।

बिहीवार दक्षिणी प्रशान्त महासागर क्षेत्रमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । उक्त शक्तिशाली भूकम्पपछि शतर्कता अपनाइएको हो ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - ०९:४०:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology