Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई आजसम्म हिरासतबाट रिहा गर्न सरकारको सर्कुलर 

‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई आजसम्म हिरासतबाट रिहा गर्न सरकारको सर्कुलर 

images

सिआईएन

२१, फाल्गुण २०७७
‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई आजसम्म हिरासतबाट रिहा गर्न सरकारको सर्कुलर 
images

काठमाण्डौ, २१ फागुन । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई आजसम्म हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ । गृह मन्त्रालयले बिहीबार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो ।

मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दामा प्रक्रिया पु¥याएर छाड्न र अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय गर्न निर्देशन दिएको हो । गृह मन्त्रलायलका प्रवक्ता चक्र बहादुर बुढाले जिल्ला प्रशासन कार्यालयमार्फत चलेका करिब एक सय ७० जना विप्लव समूहका कार्यकर्तालाई आजसम्म छाड्न सर्कुलर जारी गरिएको सीआईएनलाई जानकारी दिनुभयो ।

मन्त्रालयको निर्देशनपछि काभ्रेमा हिरासतमा रहेका विप्लव समूहका तेस्रो वरीयताका नेता धमेन्द्र बास्तोलालाई पनि आजै रिहा गर्ने तयारी रहेको पनि उहाँले बताउनुभयो । अदालतको आदेशपछि जेलमा बसेर मुद्दाको पुर्पक्ष गरिरहेका विप्लवका बन्दीको हकमा प्रमुख जिल्ला अधिकारीहरुलाई सहजीकरण गर्न भनिएको सह–सचिव बुढाले बताउनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - ०९:३८:०० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology