Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

भरतपुरको मिलिजुली चोक दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

भरतपुरको मिलिजुली चोक दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

इच्छाकामना न्युज

११, आश्विन २०८२
भरतपुरको मिलिजुली चोक दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
images

भरतपुर । भरतपुर महानगरपालिका वडा नं–१६, मिलिजुली चोकनजिकै मोटरसाइकलमा ठोक्किएर अर्का मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

images
images

घरबाट रोडमा निस्कँदै गरेको ना २७ प.५०१४ नम्बरको मोटरसाइकलमा ठोक्किएर मिलिजुली चोकबाट नर्सरी चोकतर्फ जाँदै गरेको लु ३६ प ६५५१ नम्बरको मोटरसाइकल चालक भरतपुर–२१ बस्ने २८ वर्षीय सुमन थापाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको भरतपुर अस्पतालमा शुक्रबार बिहान ९ः५० बजे मृत्यु भएको हो ।

दुर्घटनामा ना २७ प.५०१४ नम्बरको मोटरसाइकलका चालक भरतपुर–२१ बस्ने २१ वर्षीय रोहित घले घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०८२ शनिवार - १०:५३:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology