Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

सम्पर्कविहीन भएकी ११ वर्षीया सुमित्राको भेटियो

सम्पर्कविहीन भएकी ११ वर्षीया सुमित्राको भेटियो

images

इच्छाकामना न्युज

११, आश्विन २०८२
सम्पर्कविहीन भएकी ११ वर्षीया सुमित्राको भेटियो
images

धनगढी । धनगढीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

धनगढी उपमहानगरपालिका-३ चटकपुरकी ११ वर्षीया सुमित्रा राना बिहीबार साँझ घरबाट बेपत्ता भएकी थिइन् । खोजतलासका क्रममा शुक्रबार साँझ उनको शव मोहना नदीमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार शव निर्वस्त्र अवस्थामा भेटिएको हो । शव भेटिएको स्थानबाट करिब दुई सय मिटरको दूरीमा उनका लुगा फेला परेको प्रहरीले जनाएको छ ।

घटनापछि शवलाई परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । यसैबीच, घटनाको पूर्ण सत्यतथ्य पत्ता लगाउन परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन ११, २०८२ शनिवार - १०:४७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology