Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

आजको मौसमः पहाडी क्षेत्रमा आशिंकदेखि सामान्य बदली

आजको मौसमः पहाडी क्षेत्रमा आशिंकदेखि सामान्य बदली

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७७
आजको मौसमः पहाडी क्षेत्रमा आशिंकदेखि सामान्य बदली
images

चितवन, २१ फागुन । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। हाल देशका केही पहाडी भू–भागहरूको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ।

देशका पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २१, २०७७ शुक्रवार - ०८:२४:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology