Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रदर्शनकारीले जिउदै जलाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै

प्रदर्शनकारीले जिउदै जलाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै

इच्छाकामना न्युज

२६, भाद्र २०८२
प्रदर्शनकारीले जिउदै जलाएका पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै
images

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार हुँदै गइरहेको छ । कीर्तिपुरमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार भइरहेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

images
images

चित्रकारको सघन उपचार कक्ष (आइसियू)मा उपचार भइरहेको छ । उपचारमा संलग्न डा. निजिना ताम्राकारले उनको फोक्सोमा धुवाँ भरिएको बताइन् । अवस्था अलि गम्भीर नै भएपनि सुधार भइरहेको उनको भनाइ छ ।

अस्ति मङ्गलवार भएको प्रदर्शनका क्रममा पूर्वप्रधानमन्त्री खनालको डल्लुमा रहेको घरमा प्रदर्शनकारीले आगो लगाएका थिए । आगो लागेपछि घरबाट निस्कने क्रममा उनको शरीर जलेको थियो ।

images
प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - ११:०९:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology