Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

देशभरका २५ वटा कारागारबाट १० हजार कैदी फरार, धुलिखेलको झडप नियन्त्रणमा

देशभरका २५ वटा कारागारबाट १० हजार कैदी फरार, धुलिखेलको झडप नियन्त्रणमा

इच्छाकामना न्युज

२५, भाद्र २०८२
देशभरका २५ वटा कारागारबाट १० हजार कैदी फरार, धुलिखेलको झडप नियन्त्रणमा
images

काठमाडौँ । जेनजी प्रदर्शनपछि २५ वटा कारागारबाट कैदीबन्दी फरार भएका छन् । करिब १० हजार कैदीबन्दी भागेको कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देश जोशीले रातोपाटीलाई बताए ।

images
images

कारागार कार्यालय डडेलधुरा, सप्तरी, सुनसरी, रुकुम पश्चिम, कपिलवस्तु, म्याग्दी र धादिङ लगायतका जिल्लाबाट कैदीबन्दी भागेका हुन् ।

काठमाडौँको केन्द्रीय कारागार र ललितपुरको नख्खु कारागारबाट पनि कैदीबन्दी भागेका छन् । डिल्लीबजार कारागारमा आगजनी गरेर भाग्न खोजेका कैदीबन्दीलाई सेनाले नियन्त्रणमा लिएर अड्डासार गरेको छ ।

कारागारबाट फरार भएका मध्ये सप्तरीबाट ४ जना, सुनसरीबाट २ सय २ जना, रुकुम पश्चिमबाट ४३ जना र कपिलवस्तुबाट ५० जनालाई नियन्त्रण लिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । म्याग्दी कारागारबाट भागेका ४ जनालाई सेनाको टोलीले नियन्त्रणमा लिएको छ ।

कारागारबाट फरार भएकाहरू मध्ये कतिपय आफैँ फर्किरहेको विभागका सूचना अधिकारी जोशीले बताए । उनले भने, ‘कतिपय आफैँ फर्किँदै छन्, केहीलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा बुझाउँदै छन् ।’

काभ्रेको धुलिखेल कारागारमा कैदीबन्दी र प्रहरीको बिचमा झडप भएको छ । हाल झडप नियन्त्रणमा आएको सेनाले जनाएको छ । 

images
प्रकाशित मिति :भाद्र २५, २०८२ बुधवार - २०:३८:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology