Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

उच्च ज्वरो आएपछि जसपा संघिय परिषद् अध्यक्ष डा. भट्टराई अस्पताल भर्ना

उच्च ज्वरो आएपछि जसपा संघिय परिषद् अध्यक्ष डा. भट्टराई अस्पताल भर्ना

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०७७
उच्च ज्वरो आएपछि जसपा संघिय परिषद् अध्यक्ष डा. भट्टराई अस्पताल भर्ना
images

काठमाडौं, २० फागुन । उच्च ज्वरो आएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईलाई कोरोना खोप लगाएपछि उच्च ज्वरो आएको छ ।

फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा भाग लिनुअघि डा. भट्टराईले बानेश्वरस्थित सिभिल अस्पताल कोभिड–१९ विरुद्धको खोप लगाएका थिए ।

खोप लगाएपछि डा. भट्टराईलाई जिउ दुख्ने, ज्वरो आउने समस्या देखिएको हो । हिजो बेलुकादेखि आएको ज्वरो आज बढेर १०४ डिग्री फरेनहाइसम्म तापक्रम पुगेपछि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ ।

जसपा नेता गंगानारायण श्रेष्ठले डा. भट्टराई भर्खरै अस्पताल भर्ना भएको नागरिकखबरलाई जानकारी दिए ।

कोभिड १९ विरुद्धको खोप लगाउँदा उच्च ज्वरो आएका कारण भट्टराई अस्पताल भर्ना गरिएको श्रेष्ठले बताए ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - २०:०७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology