Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवनमा अहिलेसम्मकै ठुलो फेसन मेला हुँदै

चितवनमा अहिलेसम्मकै ठुलो फेसन मेला हुँदै

इच्छाकामना न्युज

२०, फाल्गुण २०७७
चितवनमा अहिलेसम्मकै ठुलो फेसन मेला हुँदै

चितवन फागुन,२०।चितवनमा अहिलेसम्मकै ठुलो फेसन मेला आयोजना हुने भएको छ । नेपाल डायरीजको आयोजनामा चैत्र २७ र २८ गते ग्ल्याम अप नेपाल २०२१ु हुने भएको हो ।बिगतमा हुँदै आएको ग्ल्याम अप नेपालु लाई नै यसपटक परिस्कृत रुपमा आयोजना गर्न लागिएको नेपाल डायरीजका प्रवन्ध निर्देशक बिनेश थापाले जानकारी दिए । उक्त मेलामा सौन्दर्य तथा फेसन डिजाइनिङ सम्बन्धित प्रशिक्षणदेखि फेसन शोसम्मका कार्यक्रम हुने थापाले जानकारी दिए । पर्व वेन्क्विटमा हुने उक्ता मेलामा सौन्दर्यसँग सम्बन्धित ३० वटा भन्दा बढी स्टलहरु रहनेछन् । ति स्टलहरुमा सौन्दर्य तथा सँस्कृति झल्किने सामाग्रीहरु राखिनेछ । यस्तै नेपालकै ख्यातीप्राप्त ब्युटिसियन तथा फेसन डिजाइनरहरुले प्रशिक्षण दिनेछन् । उक्त कार्यक्रममा ब्युटिसियन तथा फेसन डिजाइनरहरुलाई प्रशिक्षण दिइनेछ ।थापाका अनुसार फेसन डिजाइनिङ सम्बन्धी प्रशिक्षण कार्यक्रममा प्रत्यक्ष रुपमा २ सय जनाको सहभागीता रहनेछ । यस्तै सौन्दर्य सम्बन्धी प्रशिक्षणमा प्रत्यक्ष रुपमा ८०० भन्दा बढी सहभागी हुने उनले बताए ।दुबै दिन बिहान १० देखि दिउँसो ४ बजेसम्म प्रशिक्षण कार्यक्रम हुनेछ भने साँझ ६ बजेदेखि १० बजेसम्म फेसन शोको रन वे सेसन हुनेछ । पेज ३ स्तरको शोमा ६५ भन्दा बढी मोडलहरु सहभागी हुनेछन् । जसमा युवा, युवती र बाल मोडलहरु रहनेछन् । फेसन शोमा सहभागीताका लागि अनलाइन फारम खुल्ला गरिएको छ । फारम भर्नेहरुको २२ गते शनिबार नेपाल डायरीजको कार्यालय शहिदचोक संगम मार्केटमा अन्तर्वाता हुनेछ । छनौट भएका सहभागीहरुलाई कोरियोग्राफरले प्रशिक्षण दिनेछन् । उनिहरुले फेसन र सँस्कृति झल्कने एक सय वटा छुट्ट छुट्टै सिक्वेन्स प्रस्तुत गर्नेछन् । उक्त कार्यक्रममा नेपालकै चर्चित सेलिब्रेटीहरु पनि सहभागी हुने नेपाल डायरीजका सञ्चार संयोजक अनिल घिमिरेले जानाकारी दिए ।चितवनमै यस किसिमको फेसन मेला पहिलो पटक आयोजना हुन लागेको घिमिरेको भनाइ छ । करीब ६ हजार जनाले मेला अवलोकन गर्ने उनले बताए । ब्युटिसियन, फेसन डिजाइनिङ तथा मोडलिङमा भविष्य बनाउन चाहनेहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाइ छ ।

images

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - १२:३९:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology