Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको सेवरमा औषधि उत्पादन गरिँदै

तनहुँको सेवरमा औषधि उत्पादन गरिँदै

रासस

२०, फाल्गुण २०७७
तनहुँको सेवरमा औषधि उत्पादन गरिँदै
images

तनहुँ, फागुन २०।  तनहुँ जिल्लाको व्यासनगरपालिका–१० स्थित सेवरमा पोखरा फर्मास्युटिकल प्रालिले औषधि उत्पादन गर्ने उद्देश्यले भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिएको छ । कोभिड–१९ का कारण निर्माण कार्यमा प्रभाव परेपछि आगामी असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अघि बढाइएको हो । करिब ४५ रोपनी क्षेत्रफलमध्ये बाह्र रोपनीमा भवन निर्माण गरिएको फर्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले जानकारी दिनुभयो । भवनको ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । उहाँले भन्नुभयो, “भवन निर्माणपश्चात् करिब नौ महिनापछि औषधि बजारमा पुर्याउने योजना रहेको छ ।” करिब रु ५० करोड बराबरको लगानीमा भौतिक संरचनाको निर्माण कार्य भइरहेको छ । उहाँले भन्नुभयो, “भुइँ तलामा औषधि उत्पादन गरिन्छ भने पहिलो तलामा ल्याब, औषधि अनुसन्धान केन्द्रलगायतका रहने छन् ।” उहाँका अनुसार भुइँ तला २० हजार वर्गफिट र पहिलो तला ११ हजार वर्गफिटको हुनेछ ।“शुरुको वर्षमा मधुमेह, मुटु, नसासम्बन्धीका ट्याबलेट, क्याप्सुल र मलमजन्य ४० देखि ५० किसिमका औषधि उत्पादन गर्ने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो । औषधि विज्ञद्वारा औषधि उत्पादन क्षेत्रमा लगानी गरिएकाले गुणस्तर किसिमको औषधि उत्पादन हुनुका साथै सरल, सहज र सुपथ मूल्यमा बजारमा पुर्याइने उहाँको भनाइ थियो । नेपालमा उत्पादन नभएका नयाँनयाँ किसिमका औषधि उत्पादन गर्ने योजना कम्पनीको रहेको छ । उद्योगमा औषधि उत्पादन कार्य शुरु हुन थालेपछि बजार प्रतिनिधिसहित १०० को हाराहारीमा मानिसलाई रोजगारी दिन सकिने सो कम्पनीले जनाएको छ । 

images
images

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - १२:३०:२७ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology