Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

युनाइटेड टेक्निकल कलेज चितवनमा पहिलो पटक इन्जिनियरिङ्ग तथा प्रविधि व्यवस्थापन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन

युनाइटेड टेक्निकल कलेज चितवनमा पहिलो पटक इन्जिनियरिङ्ग तथा प्रविधि व्यवस्थापन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन

images

इच्छाकामना न्युज

२०, फाल्गुण २०७७
युनाइटेड टेक्निकल कलेज चितवनमा पहिलो पटक इन्जिनियरिङ्ग तथा प्रविधि व्यवस्थापन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन
images

चितवन, २० फाल्गुन ।
चितवनमा नै पहिलो पटक युनाइटेड टेक्निकल कलेज (युटेक) मा इन्जिनियरिङ्ग तथा प्रविधि व्यवस्थापन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन भएको छ। नेपाल सहित ४ देशका इन्जिनियरिङ्ग र प्रविधि व्यवस्थापनका विज्ञको सहभागितामा सम्मेलन गरिएको हो ।

सम्मेलनका १५ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । ४ जना कि नोट स्पिकर सहभागी सम्मेलनका इन्जिनियरिङ्ग तथा प्रविधि व्यवस्थापनको अनुसन्धानात्मक विषयबस्तुको हस्तान्तरण गरिएको थियो । नेपाल, इरान, मलेसिया र बेलायतका विज्ञ सम्मेलनमा सहभागी रहेको युटेकका प्राध्यानाध्यापक प्राध्यापक डाक्टर केशव अवस्थीले बताउनुभयो । उहाँका अनुसार सम्मेलनले शैक्षिक उन्नयनका लागि योगदान दिने बताए । समाजमा भइरहेको समस्या र सोको समस्याको लागि इन्जिनियरिङ्ग तथा प्रविधि व्यवस्थापनको माध्यमको उपयोग गर्न सकिने बारे सम्मेलनमा छलफल भएको थियो ।


कार्यक्रममा पोखरा युनिभरसिटीका भिसी डा। प्रेम नारायण अर्यालले सम्मेलनले विभिन्न शैक्षिक कार्यमा संलग्न विद्यार्थी, शिक्षक र अनुसन्धानकर्तालाई सन्दर्भ सामाग्रीको रुपमा प्रयोग गर्न भुमिका खेल्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता युनाइटेड टेक्निकल कलेज ९युटेक०का प्रबन्धक वावुराम उपाध्यायले गर्नुभएको थियो । । प्रविधि व्यवस्थापन सुलभ अधिकारीले गनुभएको थियो

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - ०९:४२:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology